लागूऔषध डिलरमा प्रहरीको छापा

लागूऔषध डिलरमा प्रहरीको छापा

दाङ : दाङको  तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीले छापा मारेको छ । 

तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

 प्रहरीले सुशीला सहित उनका छोरा रोहन श्रेष्ठलाई समेत पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर तौलन प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ । उनीहरू आमाछोरा नै ब्राउनसुगर कारोबारी भएको प्रहरीको दाबी  छ । प्रहरीका अनुसार सुशीलाका श्रीमान् बसन्त श्रेष्ठ पेशेवर लागूऔषध कारोबारी हुन् ।

 श्रेष्ठले ब्राउनसुगर भारतबाट ल्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।  त्यसपछि श्रीमती र छोराले बेचबिखन गर्ने गरेको  डीएसपी अर्यालले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.