पिसिजी हङकङ च्याम्पियनसिपमा आपुनलाई कास्य

पिसिजी हङकङ च्याम्पियनसिपमा आपुनलाई कास्य

,हङकङ: पिसिजी हङकङ बडिबिल्डिङ च्याम्पियनसिपमा आपुन के (भोटे) ले कास्य पदक जितेका छन्। हङकङ कैवलन वे ईन्टरनेशनल ट्रेड एण्ड एक्जिविशन सेन्टरमा आयोजना गरिएको प्रतियोगितामा ७५ केजी तौलमा आपुनले कास्य पदक जितेका हुन्।

हङकङ, मकाउ, चीन, भारत, ताइवानलगायतका देशहरुले सहभागीता जनाएको प्रतियोगितामा स्वर्ण र रजत पदक फिलिपिन्स र चीनले जितेका थिए।

दुई दशकअघि हङकङलाई कर्मथलो बनाइरहेका आपुन थाई बक्सिङ हुँदै बडिविल्डिङमा प्रवेश गरेका थिए। दर्जन बढी अन्तर्राष्ट्रिय बडिबिल्डिङ प्रतियोगितामा सहभागी भइसकेका उनले सन् २०१० मा हङकङ च्याम्पियनसिपमा सेकेन्ड रनरअप, ४औं हिमालय राष्ट्रिय प्रतियोगिता नेपालमा हेवी वेट क्याटोगोरीमा दोस्रो, १२औं धर्मश्री नेपालमा आफ्नो वेट क्याटोगोरीमा दोस्रो, ४८औं एसिया बडिबिल्डिङ च्याम्पियनसिप, ५०औ एसिया च्याम्पियनसिप जापान, वर्ल्ड च्याम्पियनसिप स्पेन लगायतमा आफ्नो कौशल प्रस्तुत गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.