हात्तीले थाहा पाउँछ भूकम्प आउने समय

हात्तीले थाहा पाउँछ भूकम्प आउने समय

हात्ती जमिनमा बस्ने सबैभन्दा ठूलो स्तनधारी जनावर हो। यो मुख्य रूपमा अफ्रिका, दक्षिण एसिया र दक्षिण पूर्वएसियामा पाइन्छ। ठूला–ठूला कान तथा दाँत हुने यो जनावरको मानिसबाहेक सम्पूर्ण प्राणी जगतमा सबैभन्दा विकसित दिमाग छ। यसलाई बुद्धिमान जनावरमा गणना गरिन्छ। यही जनावरका बारेमा केही रोचक तथ्य यस्ता छन्,

–   मानिसहरूको बच्चामा औंला चुस्ने बानी भएजस्तै हात्तीको बच्चा पनि सानोमा 
आफ्नो सूँढ चुस्छन्। 
–    हात्तीले आफ्नो सूँढको सहायताले चित्र बनाउन सक्छन्। 
–    यिनीहरू आफ्नो साथी मरेमा उसका हड्डीहरू जम्मा गरेर गाड्छन्। 
–    हात्ती कमिला तथा माहुरीसँग डराउँछन्। 
–    अन्यत्र हुनेभन्दा अफ्रिकामा हुने हात्ती सबैभन्दा ठूला हुन्छन्। 
–    एक अध्ययनअनुसार विश्वमा लगभग ४ लाखभन्दा बढी हात्ती छन्। 
–    जंगलमा हात्तीको औसत जीवनकाल लगभग ५० देखि ७० वर्षको हुन्छ। 
–    हात्ती सामाजिक तथा शाकाहारी प्राणी हो। 
–    यो एक बुद्धिमान प्राणी हो। जसले देखेरै धेरै कुरा सिक्न सक्छ। 
–    सम्पूर्ण स्तनधारीमा हात्तीको सबैभन्दा लामो २२ महिनाको गर्भकाल हुन्छ। 
–    हात्तीको सूँढले एउटा चामलको दाना पनि टिप्न सक्छ। काँचो अण्डालाई पनि नफुटाइकन उठाउन सक्छ। 
–    मानिसले हात मिलाएजस्तै यिनीहरू आफ्नो सूँढ मिलाउँछन्। 
–    हात्ती दौडन सक्दैन। तर, यो ४० किलोमिटर प्रतिघन्टाको गतिमा हिँड्न सक्छ। 
–    आफ्नो खुट्टाको संवेदनशील कोशिकाको माध्यमबाट हात्ती भूकम्पीय संकेत महसुस गर्न सक्छन्। 
–    हात्ती धेरैजसो पानीमा खेल्न रुचाउँछन् । 
–    यिनीहरू भावनात्मक हुन्छन्। दुःख महसुस गर्ने, शोक मनाउने र रुने पनि गर्छन्। 
–    हात्ती थाइल्यान्डको राष्ट्रिय 
जनावर हो। 
(विभिन्न एजेन्सीको सहयोगमा) 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.