मेयरको कार्यकक्षमा वडाध्यक्ष लगाए ताला

मेयरको कार्यकक्षमा वडाध्यक्ष लगाए ताला

जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिका मेयरको कार्यकक्षमा तालाबन्दी गरिएको छ। जनकपुरधाम उप-महानगरपालिकाका सफाइ कर्मचारीलाई काममा लाग्न आग्रह गर्न गएका वडाध्यक्षलाई दुव्र्यवहार गरेपछि अरु वडाध्यक्ष मिलेर मेयरको कार्यकक्षमा तालाबन्दी गरिदिएका हुन्।

जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुदर्शन सिंहले कर्मचारीलाई सफाइमा लाग्न आग्रह गर्दा उल्टै कर्मचारीले गालीगलौज गरेको वडाध्यक्ष सिंहको आरोप छ । गालीगलौजपछि वडाध्यक्षहरु जम्मा भएर नगर प्रमुख लालकिशोर साह र सफाइ कर्मचारीविरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष सिंहले भने, ‘मेरो वडामा गाई मरेको रहेछ, त्यसलाई हटाउन सफाइ कर्मचारीलाई आग्रह गरे तर, मरेको गाई हटाउनुको साटो मलाई नै दुव्र्यवहारसहित गालीगलौज गरियो । सञ्चय कोषको कार्यालय नजिक छाडा गाई मरेको छ। सफाइ कर्मचारी आएर गाई उठाइदिन आग्रह गर्दा फोनमै गाली गर्‍यो । कार्यालयमा आउँदा त झन ममाथि दुव्र्यहार गरे।'

वडाध्यक्ष सिंहले नगर प्रमुख लालकिशोर साहको इसारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई पटक-पटक दुव्र्यवहार गर्ने गरेको आरोप लगाए । उनले सरसफाइमा अनिश्चितता देखिएपछि आफूहरुले बाध्य भएर ताला लगाएको बताए।

अर्को वडाध्यक्ष जानकीराम साहले उप-महानगरपालिकामा ताला लगाएको बताए । उनले सफाइका लागि पाँच महिनाअघि हस्ताक्षरसहित निवेदन दिएको र त्यसमा कुनै सुनुवाइ भएन, सफाइका लागि ट्रयाक्टर माग्दा दुव्र्यवहार भएपछि तालाबन्दी गरेको बताए।

तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह, ७ का वडाध्यक्ष जानकीराम साहलगायत पुगेका थिए। वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नाराबाजी गरेका थिए। ‘भ्रष्टाचारी मेयर मुर्दावाद, सफाइ कर्मचारी मुर्दावाद, जनकपुरलाई सफा गर, करारका कर्मचारीलाई खारेज गरलगायतका नारा लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.