कांग्रेस अधिवेशन : सिरहाका ९ स्थानीय तहमा सर्वसम्मत
सिरहा : नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सिरहाका ९ स्थानीय तहमा सर्वसम्मतले पालिका कार्यसमिति चयन भएको छ। मंगलबार अबेर राती सर्वसम्मतले कार्यसमिति चयन भएको हो।
कांग्रेस जिल्ला सचिव पन्चलाल महतोका अनुसार सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्याणपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिका विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुभाष यादव, नवराजपुर मदन यादव, बरियारपट्टि योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमल प्रसाद मण्डल सभापतिमा निर्वारोध निर्वाचित भएका छन्। पालिका कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ।
सिरहामा १७ स्थानीय तह छन्। बाँकी स्थानीय तहमा उम्मेदवारहरुबीच सहमति नजुटेपछि बुधबार मतदान प्रक्रियाबाट नेतृत्व चयन हुँदैछ।