रामेछापमा घट्यो धान उत्पादन

रामेछापमा घट्यो धान उत्पादन

रामेछाप : बेमौसमी वर्षाका कारण यस वर्ष रामेछापमा २ हजार ६ सय मेट्रिकटन धान उत्पादनमा गिरावट आएको छ। जेठ महिनादेखि सुरु भएको वर्षाबाट जिल्लाभरी दुई हजार ६ सय ९६ मेट्रिकटन धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ। 

केन्द्रका अनुसार मन्थली नगरपालिकामा एक हजार आठ सय ५४ मेट्रिकटन, रामेछाप नगरपालिकामा ५९ मेट्रिकटन, खाँडादेबी गाउँपालिकामा ३५ मेट्रिकटन, सुनापति गाउँपालिकामा एक सय ६८ मेट्रिकटन, गोकुलगंगा गाउँपालिकामा पाँच सय ६२ मेट्रिकटन, उमाकुण्ड गाउँपालिकामा चार मेट्रिकटन र लिखुतामाकोशी गाउँपालिकामा १३ मेट्रिकटन धानबालीमा कमी आएको हो। 

यसवर्ष खाँडादेवी गाउँपालिकामा दुई सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा पाँच प्रतिशत अर्थात १२.५ हेक्टर जमिनमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो।

रामेछाप नगरपालिकामा एक सय ७५ हेक्टर भू–भागमा धान रोपाई गरिएकोमा आठ प्रतिशत अर्थात् २१ हेक्टर जमिनमा क्षति भएको छ। मन्थली नगरपालिकामा १ हजार १ सय हेक्टर जमिनमा रोपाई गरिएकोमा ६ सय ६० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ। 

सुनापती गाउँपालिकामा चार सय हेक्टर जमिनमा धान रोपाई गरिएकोमा दश प्रतिशत अर्थात ६० हेक्टरमा क्षति पुगेको थियो। गोकुलगंगा गाउँपालिकामा दुई सय ५० हेक्टर जमिनमा धान रोपाई गरिएकोमा ८० प्रतिशत अर्थात दुई सय हेक्टर धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ। 

उमाकुण्ड गाउँपालिकामा एक सय ५० हेक्टर जमिनमा धान रोपाई भएकोमा एक प्रतिशत अर्थात् एक दशमलव पाँच हेक्टर भू–भागको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङले जानकारी दिइन्। उनका अनुसार लिखुतामाकोशी गाउँपालिकामा चार दमशलव सात हेक्टर धानबालीमा क्षति पुगेको छ। 

एक हजार पाँच सय ४८ वर्ग किलोमिटर कुल भू–भाग रहेको हिमाली जिल्ला रामेछापमा ५०९.८ वर्ग किलोमिटर खेतीयोग्य जमिन छ। त्यसमध्ये यसवर्ष दुई हजार आठ सय २५ हेक्टर भू–भागमा धान रोपाइ गरिएको थियो। धान रोपाइ गरिएको भू–भागको नौ सय ५९.७ हेक्टर धानबालीमा वर्षाले क्षति पुर्‍याएको कार्यालय प्रमुख गुरुङले बताइन्। 

खेती गर्ने बेला किसानले समयमै रसायनिक मल नपाउनु र सिँचाइको प्रर्याप्त सुविधा नहुनुले धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। धान बालीमा लाग्ने रोग नियन्त्रणमा कृषि ज्ञान केन्द्रको ध्यान नगएका कारण उत्पादन घटेको कृषकको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.