घाइते ६ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज पठाइयो

घाइते ६ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज पठाइयो

जाजरकोट : जाजरकोटमा भएको बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

दुर्घटनामा बेहोस भएका उनीहरुलाई भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीजनाको अहिलेसम्म होस खुल्न सकेको छैन। कुशे ९ जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो। श्रीमान श्रीमती दुवैको अवस्था चिन्ताजनक छ ।

त्यस्तै, नलगाड ४ कि आस्था वलीको अवस्था पनि गम्भीर छ । उनलाई पनि नेपालगञ्ज लगिएको छ। आठविसकोट ५ का शरद शाही र आठवीसकोट ४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको हो ।

उनीहरु सबैको अवस्था गम्भीर छ । त्यस्तै विपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ । पाँचजना सामान्य उपचार पछि घर फर्किएका छन् । नौजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एकजनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा ( कुदु बराहचौर नजिक ) राति दुई बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। कुशे ९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ ।

त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठ्बिसकोट ४ निवासी ४ वर्षीया दिब्या शाही र सप्तरी राजविराज नगरपालिका १ घर भइ दिपेन्द्र आधारभूत विद्यालय  सक्ला जाजरकोटमा कार्यरत ४० वर्षीय गगाराम यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.