एमाले पदाधिकारीमा नयाँ अनुहार

एमाले पदाधिकारीमा नयाँ अनुहार

काठमाडौं : एमालेको १०औं महाधिवेशनको मुख्य चासोको विषय थियो, अध्यक्ष केपी शर्मा ओलीले ‘टिम’ कस्तो बनाउँछन् र नेताको व्यवस्थापन कसरी गर्छन् ? पार्टी फुटेको र सत्ताबाट बहिर्गमनपछिको यो महाधिवेशनबाट विभिन्न ‘फ्याक्टर’लाई समेटेर नेतृत्व चयन गर्नु ओलीसामु प्रमुख चुनौती थियो।

आफूलाई विगतदेखि नै साथ दिएका नेता, १० बुँदे सहमति गरेर पार्टीमा बसेका ‘१० भाइ’ र माओवादी नफर्केका नेताको न्यायोचित व्यवस्थापन गर्नु ओलीसामु चुनौती थिए। उनले त्यसका लागि सहमतिको प्रयास गरे। तर, अध्यक्षलगायतका पदमा चुनाव गर्नैपर्ने बाध्यता आयो। चुनाव भए पनि विगतदेखि नै आफ्नो टिममा रहेका १० बुँदे सहमति गरेका र माओवादी नफर्केका नेताहरू पनि पदाधिकारीमा निर्वाचित 
भएका छन्। 

ओलीले १० बुँदे सहमति गरेका भीम रावललाई उपाध्यक्षको प्रस्ताव गरे। रावलले अध्यक्षकै दाबी गरे। ओली र रावल चुनावी मैदानमा भिडे। ओलीले १ हजार ८ सय ३७ मत ल्याए भने रावलले २ सय २३ मत मात्र पाए। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध भए। 

तर, उपाध्यक्ष पदका लागि भने चुनाव भयो। निर्वतमान उपमहासचिव घनश्याम भुसाल ओलीको सहमतिको प्रस्तावमा अटेनन्। भुसालले पनि उपाध्यक्षमा दाबी गरेपछि ६ पदका लागि ७ जनाको उम्मेदवारी प¥यो। १० बुँदेका (१० भाइ) मध्येका भुसाल पनि पराजित भए। 

तर, १० बुँदे सहमतिपछि एमालेमै बसेकी अष्टलक्ष्मी शाक्य सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्। उनले १ हजार ९ सय ७६ मत ल्याएर विजयी भएकी छन्। नवौं महाधिवेशनमा पनि शाक्य उपाध्यक्षमा नै विजयी भएकी थिइन्। उपाध्यक्षमा सुरेन्द्र पाण्डे दोस्रो बढी मत १ हजार ९ सय २५ मत ल्याएर विजयी भए। नवौं महाधिवेशनमा पाण्डे ६ मतले महासचिवमा पराजित भएका थिए। 

त्यस्तै सुवास नेम्बाङ (१ हजार ८ सय ६५), विष्णुप्रसाद पौडेल (१ हजार ८ सय ५६), युवराज ज्ञवाली (१ हजार ८ सय ४२) र रामबहादुर थापा (१ हजार ७ सय ६८) मत ल्याई उपाध्यक्षमा निर्वाचित भए। भुसालले ७ सय २५ मत मात्र ल्याए। 

संविधानसभाका अध्यक्षसमेत भएका नेम्बाङले वरिष्ठ उपाध्यक्षको दाबी गरेका थिए तर सहमतिका लागि उनले उपाध्यक्ष स्वीकार गरेका छन्। नेम्बाङ एमाले संसदीय दलका उपनेता पनि हुन्। ज्ञवाली यसअघि उपाध्यक्ष थिए। ज्ञवालीले सहमतिका लागि भन्दै कुनै पनि पदको दाबी गरेका थिएनन्। रावल उपाध्यक्ष हुन नमानेर अध्यक्षमा लडेपछि ज्ञवालीले उपाध्यक्षमा मौका पाएका थिए। 

पौडेल महासचिवका सशक्त दाबेदार थिए। नेकपाको कार्यकालमा महासचिवको राम्रो भूमिका निर्वाह गरेका पौडेल ओलीको पछिल्लो सरकारमा अर्थमन्त्री भएर लोकप्रिय बजेट पनि ल्याएका थिए। संगठनमा पकड रहेका पौडेल व्यवस्थापनका लागि ओलीलाई सकस पनि भएको थियो। 

महासचिवमा शंकर पोखरेल निर्विरोध भएका छन्। बैचारिक नेताका रूपमा परिचित पोखरेल जबजका व्याख्यता पनि हुन्। लुम्बिनीका मुख्यमन्त्रीसमेत भइसकेका पोखरेल ओलीका प्रिय पात्र पनि हुन्। उनलाई ओलीको उत्तराधिकारीका रूपमा पनि हेरिएको छ। 

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भए। तीनैजना विगतदेखि नै ओली पक्षधर हुन्। ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको थियो। सचिवमा सबैभन्दा लोकप्रिय मत ल्याएर गोकर्ण विष्ट निर्वाचित भए। उनले १ हजार ९ सय ७४ मत ल्याए। 

योगेश भट्टराई, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ पनि सचिवमा विजयी भए। ओलीको लिष्टमा नपरेका भीम आचार्य र टंक कार्की पराजित भए। 

पदाधिकारीमा नयाँ अनुहार 
१९ को पदाधिकारीमा ९ नयाँ अनुहारले प्रवेश पाएको छ। उपाध्यक्ष पाण्डे, नेम्बाङ, रामबहादुर थापा, पहिलो पटक एमालेको पदाधिकारी भएका हुन्। त्यस्तै उपमहासचिव  विष्णु रिमाल, सचिवहरू पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ पहिलो पटक एमाले पदाधिकारी भएका छन्। 

दलित र मधेसी पनि पदाधिकारीमा 
पदाधिकारीमा पहिलो पटक मधेसी र दलित समुदायका नेताले प्रवेश पाएका छन्। मधेसी समुदायबाट रघुवीर महासेठ सचिवमा भएका छन्। उनी तेस्रो पटकको प्रयासमा पदाधिकारी बन्न सफल भए। आठौं र नवौं महाधिवेशनमा सचिव उम्मेदवार  भएर पराजित भएका थिए। दलित समुदायबाट सचिवमा छविलाल विश्वकर्मा निर्वाचित भएका छन्। 

पदाधिकारीमा दुई महिला 
यो महाधिवेशनबाट एमालेको पदाधिकारीमा दुई जना महिला निर्वाचित भएका छन्। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्माकुमारी अर्याल निर्वाचित भए। शाक्य यसअघि पनि उपाध्यक्षमा नै थिइन्। उनी केही समय बागमतीको मुख्यमन्त्री पनि भएकी थिइन्। अर्याल ओली सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएकी थिइन्। पहिलो पटक  ३३ प्रतिशत महिला निर्वाचित भएका छन्। गोदाबरी भएको विधान महाधिवेशनले पार्टी कमिटीमा एकतिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको थियो। 

पदाधिकारीमा तीन जना जनजाति निर्वाचित भएका छन्। उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्। 

पूर्वमाओवादीको जबर्जस्त उपस्थिति 
माओवादीबाट नेकपा हुँदै एमालेमा बसेका तीन नेता पदाधिकारीमा परेका छन्। उपाध्यक्ष थापा, सचिवमा भट्ट र रायमाझीको प्रवेश भएको छ। तीन जना निर्वाचनबाटै आएका छन्। 

पूर्वनेपाल समूह बलियो पकड 
एमालेको पदाधिकारीमा पूर्वमाधव नेपालको विचार समूहबाट बलियो उपस्थिति भएको छ। निर्वाचनमा पनि उनीहरूले सर्वाधिक मत ल्याएका छन्। उपाध्यक्षमा शाक्य सार्वधिक मत ल्याएर विजय भएकी छन्। सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि धेरै मत ल्याएर उपाध्यक्ष जितेका छन्।

यी हुन्, एमालेका निर्वाचित केन्द्रीय सदस्य

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा देवी ज्ञवालीले सर्वाधिक मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। खुलाबाट उम्मेदवारी दिएका ज्ञवालीले १ हजार ८ सय ७७ मत ल्याएका थिए। ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले भूमि आयोगको अध्यक्ष बनाएको थियो। उनीपछि दोस्रो धेरै मत ल्याएर ठाकुर गैरे निर्वाचित भए। गैरे अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्। उनले १ हजार ८ सय ३२ मत प्राप्त गरे। खुला केन्द्रीय सदस्यमा ८४ जना निर्वाचित भएका छन्। यी हुन्, निर्वाचित केन्द्रीय सदस्यहरू :

खुला केन्द्रीय सदस्य 

अग्नि खरेल १७८४
अच्युत मैनाली १७६३
अरुण नेपाल १७८४
कपिलदेव पोखरेल १५७७
कमल चौलागाई १७४०
कर्णबहादुर थापा १७०५
काशीनाथ अधिकारी १८०६
किरण गुरुङ १८११
किरण पौडेल १६४४
किशोरविक्रम मल्ल १७८७
कुमार दसौंदी १६५०
कृष्णगोपाल श्रेष्ठ १७४५
कृष्णप्रसाद दाहाल १७११
कृष्णप्रसाद पौडेल १६७७
कृष्णबहादुर थापा १७२६
खगराज अधिकारी १७९७
खड्गबहादुर खड्का १५८८
खिमलाल भट्टराई १७६९
गणेश पहाडी १७८१
गणेश ठगुन्ना १७३५
गिरिधारीलाल न्यौपाने १६२९
गुरु बराल १७३०
गोकुल बास्कोटा १७१२
गोरखबहादुर बोगटी १७५०
गोविन्द थापा १६०८
घनश्याम पाण्डे १७२७
घनश्याम भुसाल १२६५
चेतनारायण आचार्य १६५०
चन्द्रबहादुर खड्का १६६२
जगन्नाथ थपलिया १७१६
जीवन घिमिरे १७२२
झपट रावल १७२५
ठाकुर गैरे १८३२
राजन भट्टराई १७५९
दधिराम न्यौपाने १६४१
दयालबहादुर शाही १७१५
दल रावल १६७२
दिवाकर देवकोटा १६२७
देवराज घिमिरे १७५२
देवी ज्ञवाली १८७७
देवेन्द्र दाहाल १७०३
नरबहादुर धामी १७१८
नवराज रावत १७०४
नारायण सिलवाल १६४४
निर्मल भट्टराई १४८०
पठानसिंह बोहरा १६४४
परशुराम मेघी गुरुङ १७८३
पार्वत गुरुङ १७९७
पुरुषोत्तम पौडेल १८०६
प्रकाश शाह १७१४
बलराम अधिकारी १६९०
बालकृष्ण ढुंगेल १६६६
भानुभक्त ढकाल १७९९
भीम आचार्य १३९३
भीम कार्की १५९२
भीम रावल ९०४
मणि थापा १६९१
मनोजजंग थापा १५४२
महेश बस्नेत १७२५
माधव अर्याल १६६९
यज्ञराज सुनुवार १७५२
यमलाल कँडेल १७२०
रघुजी पन्त १७२५
रविन कोइराला १६०४
रवीन्द्र अधिकारी १६९६
राजबहादुर बुढा १६००
राम राना १५४६
राजीव पहारी १६३६
रामशरण बस्नेत १५९३
रामेश्वर फुयाँल १६९६
राजेन्द्र गौतम १६३९
रोमनाथ ओली १५२७
लक्ष्मणराज ज्ञवाली १५४९
लक्ष्मी पोखरेल १४६३
विनोद ढकाल १५६१
शिवराज सुवेदी १४११
शेरबहादुर तामाङ १७१०
शेरधन राई १६५६
श्रीप्रसाद जगेबु १३४४
सन्जीव झा १२६८
सूर्य ढकाल १४२३
सूर्य थापा १४८५
सोम मिश्र १४९४
हिक्मत कार्की १५८९

खुला महिला (निर्विरोध)
१. अम्बिका थापा 
२. इन्दु कडरिया
३. उषाकिरण तिम्सिना
४. श्रीमाया थकाली
५. कोमल वली
६. गीता अधिकारी
७. गोमादेवी आचार्य
८. गौरीकुमारी वली
९. जानुका सिम्खडा
१०. टुका हमाल
११. डा. शिवमाया तुम्बाहाङ्फे
१२. तुलसाकुमारी दाहाल
१३. थममाया थापा
१४. दक्षिणा शाही
१५. दीपा शर्मा
१६. नवीना लामा
१७. निरु दर्लामी कुँवर
१८. निरुदेवी पाल
१९. निर्मला देवकोटा
२०. प्रतीक्षा तिवारी
२१. प्रभा बराल
२२. बालिका गिरी
२३. विमला घिमिरे
२४. बुधनीदेवी महतो
२५. भगवती चौधरी
२६. भारती पाठक
२७. भगवती न्यौपाने
२८. मनकुमारी जिसी
२९. ममता गिरी
३०. मीना उप्रेती
३१. मैनाकुमारी भण्डारी
३२. लक्ष्मी गौतम
३३. लीलाकुमारी भण्डारी
३४. विद्या भट्टराई
३५. विना राई
३६. विन्दा ढुंगाना
३७. विन्दा पाण्डे
३८. शर्मिला कार्की
३९. शान्ता चौधरी
४०. शान्तिदेवी ढकाल
४१. शोभा ज्ञवाली
४२. सम्झना देवकोटा
४३. सकुन्तला बस्नेत
४४. सरस्वती बस्नेत
४५. सरिता न्यौपाने
४६. सीता गिरी वली
४७. सीता न्यौपाने
४८. सीता पौडेल
४९. सिर्जना काफ्ले
५०. सीताकुमारी सुन्दास
५१. सुजिता शाक्य
५२. सुनिता बराल
५३. सुशीला नेपाल

मधेसी खुला
जगदीशप्रसाद कुसियैत
रामलाल शाह
कुन्दन कुशवाहा
गंगाप्रसाद यादव
प्रमोदनारायण यादव
रामचन्द्र मण्डल
सरोजकुमार यादव
हरिनारायण महतो
प्रभु हजारा
पशुपति दयाल मिश्र
राजकुमार गुप्ता
मोतीलाल दुगड
सुशीलकुमार श्रीवास्तव
मधेसी महिला
जुलीकुमारी महतो
ज्वालाकुमारी साह
शीला यादव
कमलादेवी महतो
सरिताकुमारी गिरी(यादव)
रीतादेवी साह
जनजाति खुला 
हरिबहादुर राई 
हरिबहादुर राजवंशी
सीपी घर्ती
विद्यासुन्दर शाक्य
लिलबहादुर थापामगर
पासाङ शेर्पा
दावा तामाङ
दलबहादुर राना 
डा. अजय क्रान्ति शाक्य
डम्बरसिं सम्बाहम्फे
टेकबहादुर बलम्पाकी
जमिन्द्रमान घले
गोकुलप्रसाद घर्तीमगर 
खगेन्द्र राई
केशव स्थापित 
कमलजंग राई
आइन्द्रसुन्दर नेम्बाङ 
जनजाति महिला
उर्मिला थेबे
सूर्यकुमारी श्रेठ
अमृता सुब्बा
सवित्रा राना
तारादेवी राई
ईश्वरी जीएम
टासी स्याङ्बो गुरुङसेनी
जुनेलीमाया श्रेष्ठ

थारु खुला
बैजनाथ चौधरी
नरुलाल चौधरी
गौरीशंकर चौधरी
कृपाराम राना
बलवीर चौधरी
जयप्रकास थारु 

थारु महिला
गंगा चौधरी सतगौंवा
मन्जुकुमारी चौधरी

मुस्लिम खुला
तैयव हुसेनमियाँ 
मोहम्मद हलुवाई हारुन
सिराज अहमद फारुकी
महम्मद समिर
मुस्लिम महिला
साजिदा सिद्धिकी

उपत्यका विशेष
माधव ढुंगेल

महिला (उपत्यका विशेष)
विनाकुमारी श्रेष्ठ

सम्पर्क समन्वय
नरेन्द्र श्रेष्ठ

महिला (सम्पर्क समन्वय)
कल्पना थापा

दलित खुला
रामदयाल मण्डल
ईश्वरी रिजाल
बमबहादुर विश्वकर्मा
पुरनसिंह दयाल
गोविन्दबहादुर नेपाली
जितु गौतम दर्जी
जंगबहादुर नेपाली
रामप्रित राम

दलित महिला
शिवकुमारी गोतामे सार्की
रामरतीदेवी राम
विष्णुमाया विक
सविता रसाइली
पिछडिएको क्षेत्र
भैरवसुन्दर श्रेष्ठ
लालबहादुर थापा
मोहन बानियाँ

महिला पिछडिएको क्षेत्र
बदमिक्वारा बुढा 

श्रमिक 
विनोद श्रेष्ठ
रमेश बडाल
कमल गौतम
बाबुराम थापा

श्रमिक (महिला)
मन्जुकुमारी थापामगर
सीता लामा

भौगोलिक (प्रदेश १)
तिलकुमार मेन्याङबो १८०५
टंक आङ्बोहाङ १८१६
किशोर अधिकारी १७७३
बसन्तकुमार नेम्बाङ १९१०
राजेन्द्रकुमार राई १८३६
परशुराम अधिकारी १७८३

प्रदेश १ (महिला)
मेनका काफ्ले १६३४
मन्जु भण्डारी १७९०
उषाकला राई १८७५

प्रदेश २ खुला
अरविन्दकुमार साह
उपेन्द्र साह 
प्रभु साह
लिलानाथ श्रेष्ठ
राजकुमार लेखी
सुमन प्याकुरेल

महिला (प्रदेश २)
कल्पनाकुमारी कटुवाल
रेखाकुमारी झा
रञ्जना सरकार

बागमती (खुला)
कृष्णकुमार राई
कैलाश ढुंगेल
खेमप्रसाद लोहनी
रामेश्वर रानामगर
आनन्दप्रसाद पोखरेल
सरेश नेपाल

महिला (बागमती)
रचना खड्का
पेम्बा लामा
पार्वती रावल

गण्डकी (खुला) 
मायानाथ अधिकारी
तिलकबहादुर महत
भूपेन्द्रबहादुर थापा
इन्द्रलाल सापकोटा
टुकराज सिग्देल
जगत विश्वकर्मा

महिला (गण्डकी)
नरदेवी पुनमगर
सीमाकुमारी क्षेत्री
मीनाकुमारी गुरुङ

लुम्बिनी (खुला)
लीला गिरी
खेममान खड्का
नवीन रोक्का मगर
दिनेश पन्थी
भुमिश्वर ढकाल
हरि रिजाल

महिला (लुम्बिनी)
सरिता खनाल(भुसाल)
सावित्रा अर्याल
मेनका पोखरेल

कर्णाली (खुला)
धर्मराज रेग्मी
निरज आचार्य
गुलाबजंग शाह
विष्णु रिजाल
डम्बरबहादुर सिंह
नेशनल शाही

महिला (कर्णाली)
तीर्था गौतम
मीनासिंह रखाल
मोहनमाया ढकाल(भण्डारी)

सुदूरपश्चिम (खुला) 
राजेन्द्रसिंह रावल
भैरवबहादुर सिंह
झपटबहादुर बोहोरा
नारदमुनी राना
लीलाधर भट्ट
अफिलाल ओखेडा

महिला (सुदूरपश्चिम)
कमलाकुमारी ओली १७८६
कुमारी कमला बोहरा १७३०
सन्तोष शर्मा थापा १२६९


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.