कागबेनीमा गोरु काटेको आरोपमा ५ जना पक्राउ

कागबेनीमा गोरु काटेको आरोपमा ५ जना पक्राउ

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। गोरु काट्दै गरेको गोप्य सूचनाका आधारमा  उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

पक्राउ पर्नेमा वारागुङ मुक्तिक्षेत्र—४ बस्ने ५३ वर्षीय युङडुङ गुरुङ, ४० वर्षीय आग्या गुरुङ, ६९ वर्षीय पेम्बा गुरुङ, जिल्ला डोल्पा  घर भइ सोही स्थान बस्ने ४० वर्षीय झव्याङ गुरुङ र जिल्ला डोल्पा घर भइ सोही स्थान बस्ने ४९ वर्षीय धोर्जी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए।

मंगलबार बिहान ११ बजेको समयमा गोरु काट्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले १ सय ५२ किलो आलो मासुसहित गोरु काट्न प्रयोग गरिएको २ थान वञ्चरो, दाउ १ थान र ७ थान चक्कु बरामत गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बर्सेनि हिउँदयाममा तरकारीको अभाव हुने भएकाले मुस्ताङमा भेडा-च्यांग्रा र याकचौरीको मासु सुकुटी बनाउन चलन छ। पक्राउ परेका व्यक्तिहरुले पनि गोरुको मासुको सुकुटी बनाउने प्रयोजनमा गोरु काटेको हुन सक्ने प्रहरीको बुझाइ छ। प्रहरीले गोरुको मासु र हतियारसहित उनीहरुलाई घटना स्थलबाट पक्राउ गरेको थियो।

प्रहरीले सुरक्षा निकाय, पत्रकार र स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का उठाइ खाल्डो खनेर पुरेको जनाएको छ। यस्तै, प्रहरीले १ सय ग्राम गोरुको मासु परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउने जनाएको छ।

मुलुकको फौजदारी अपराध संहिता ऐन २०७४ ले गाई गोरु काट्न बर्जित गरेको छ। यदी कसैले गाई गोरु मार्ने कसुर गरेमा त्यस्ता व्यक्तिलाई तीन वर्षको कैद सजाय हुन सक्ने उल्लेख गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.