प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण, केपी ओली पनि कन्ट्याक्ट ट्रेसिङमा
काठमाडौंः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले कोरोनाको लक्षणसमेत भएको जानकारी दिएका हुन्।
'केही लक्षणसहित कोरोनाबाट संक्रमित भएको छु। विगत चार-पाँच दिनदेखि मसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन आग्रह गर्न चाहन्छु,' उनले ट्वीटरमा भनेका छन्। कोरोनासम्बन्धी लक्षण देखिए परीक्षण गराउन आग्रहसमेत गरिएको छ।
महासचिव ज्ञवाली कोरोना संक्रमित भएपछि नेकपा एमाले अधिकांश नेताहरु 'कन्ट्याक्ट ट्रेसिङ'मा परेका छन्। गत मंसिर २५-२६ गते पार्टीको दोस्रो पूर्ण बैठक बसेको थियो। बैठकमा ज्ञवालीको समेत सहभागिता रहेको थियो।
बैठकमा सहभागी भएका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु 'कन्ट्याक्ट ट्रेसिङ'मा परेका हुन्।
प्रतिक्रिया दिनुहोस !