सामान्य विवादमा छुरा हानाहान : एकको मृत्यु, एक घाइते

सामान्य विवादमा छुरा हानाहान : एकको मृत्यु, एक घाइते

सिरहा : सिरहाको गोलबजार नगरपालिका–६ मा शनिबार राती युवाहरुको समूहबीच सामान्य विवादमा छुरा हानाहान हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते छन् । छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २१ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छातीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सदायकै समूहका १९ वर्षीय रितेश सदाय गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए ।

आइतबार बिहानैदेखि डोहटिया टोलका बासिन्दा गोलबजारमा आएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारे । उनीहरु इलाका प्रहरी कार्यालय गोलबजार अगाडि र राजमार्गको विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरु बजारसमेत बन्द गराउँदै हिँडेका थिए ।

अहिले पीडित पक्ष र स्थानीयबीच सहमति भइसकेको छ। दोषीलाई २४ घण्टाभित्र कारवाही, घाइतेलाई उपचार र मृतक परिवारलाई पूर्ति उपलब्ध गराउने सहमति भएको हो ।  विवाद के विषयमा भएको त्यो अहिलेसम्म नखुलेको डीएसपी बुढाथोकीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

स्थानीयका अनुसार मृतक र घाइतेलगायत ५/६ जना मजदुरी गर्छन् । उनीहरु राती कामबाट घर फर्किँदै थिए। अर्को समूहले गालीगलौज गर्दा विवाद बढेको थियो । उनीहरु मध्ये अधिकांशले मादक पदार्थ सेवन गरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.