पत्रकार राईको मृत्युबारे छानबिन माग

पत्रकार राईको मृत्युबारे छानबिन माग

हङकङ : नेपाल भ्रमणमा गएका पत्रकार किसन राईको निधन शंकास्पद  भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिएको छ। किरात राई यायोक्खा हङकङको अग्रसरतामा अध्यक्ष चन्द्रका राई, महासचिव गंगाराम राईसहित अन्य संघसंस्थाका प्रतिनिधिलगायतले हङकङस्थित महावाणिज्य दूतावासको कार्यालयमा मागपत्र बुझाएका छन्। 

पत्रमा उल्लेख भएअनुसार स्व. राईको शव प्रकृतिदेखि पोष्टमार्टम रिपोर्ट शंकास्पद देखिएको, घटनास्थल र सँगै गएका साथीहरूबारेमा स्पष्ट तथ्य बाहिर नआएकाले घटना थप रहस्यमय बन्दै गइरहेको छ। त्यसैले यथाशीघ्र छानबिन तथा सत्यतथ्य बाहिर ल्याउन महावाणिज्य दूतावासमार्फत नेपाल सरकारलाई माग गरिएको छ।

हङकङमा निडर पत्रकारको छवि बनाएका सामाजिक अगुवा राईको मृत्यु अस्वभाविक भएको भन्दै अनुसन्धानका लागि किरात याक्थुम चुम्लुङ, सुनुवार समाज, किरात याक्खा छुम्मा, तमु ट्हो ह्युल, शेर्पा क्यिदुक, तामाङ घेदुङ, चाम्लिङ खाम्बातिम, साम्पाङ जुम्लेखा, पुमा तुप्खाबाङखाला, वान्तवा खिम, थुलुङ सामा, कोयी किम, बायुङ सुम्रिखिम, दुमी फन्सिकिम र नेपाल सोसाइटी हङकङले सामूहिक प्रतिवद्धता जनाएका थिए। घटनाको अनुसन्धानकै लागि गैरआवासीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाति महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाली पत्रकार महासंघ हङकङले पनि मागपत्र बुझाउने तयारी गरिरहेको जनजाति महासंघका उपाध्यक्ष कृष्णराज लाओतीले बताए। 

यसअघि पनि स्व.राईको परिवारका तर्फबाट छोरा अरिम राईले घटनाको सूक्ष्म अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङमा निवेदन दिएका थिए। पत्रकार राई कात्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडाको पंखु खोलानजिकै भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.