लुम्बिनीको विकासमा अभूतपूर्व काम : ओली

लुम्बिनीको विकासमा अभूतपूर्व काम : ओली

लुम्बिनी : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको बताएका छन् । रुपन्देहीबाट हुलाकी राजमार्गहुँदै कपिलवस्तु हिँडेका ओलीले लुम्बिनीको पर्साचोकमा स्थानीयलाई संक्षिप्त सम्बोधन गर्दै लुम्बिनी क्षेत्रमा गर्नुपर्ने बाँकी काम अब एमाले सरकार बनेपछि अघि बढ्ने बताए ।

‘हामीले सरकारमा रहँदा थुप्रै विकासका कामको सुरुवात गरेका छौं, लुम्बिनीमा ५ हजार अट्ने ध्यान केन्द्र बन्दैछ, 'उनले भने । उनले लुम्बिनी विकास कोषभित्र र लुम्बिनी आसपासमा पूर्वाधार विकास आवश्यक रहेको र ती निर्माणको सुरुआत भइसकेको बताए ।

शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानी, सडक निर्माणको काम आफू नेतृत्वका सरकारले सुरु गरेको भन्दै त्यसलाई एमाले नेतृत्वको अर्को सरकारले अझै रफ्तारमा अघि बढाउने बताए । ‘केही समय प्रतिक्षा गर्नुपर्नेछ, फेरि एमालेको सरकार बन्नेछ,अनि विकासको काम थाल्नेछ, 'उनले भने ।

लुम्बिनीमा काम नलाग्ने सिसौघारीलाई फलफूल बगैचा बनाउने अभियान आफैले सुरु गरेको ओलीले स्मरण गरे । लुम्बिनीमै विश्वविद्यालय विकास, सडक निर्माणका काम भएको बताउदै उनले यो क्षेत्रमा कृषिको आधुनिकीकरणलगायत विकासमा ध्यान दिइने बताए ।

‘हामी सरकारमा हुदा के गरेका छौं भन्ने सबैलाई जानकारी नै छ, बाँकी काम निर्वाचनपछि एमाले नेतृत्वको सरकारले पुरा गर्नेछ,' उनले भने । ओलीले लुम्बिनीको प्रचार अन्र्तराष्ट्रिय क्षेत्रमा गर्न आवश्यक रहेको बताए । स्पेनले मूर्ति स्थापना गर्दा लुम्बिनीको प्रचारमा सहयोग पुगेको भन्दै उनले अब आफ्नै व्यक्तिगत लगानीमा स्पेनलाई बुद्धमूर्ति दिने बताए ।

ओलीले यात्राका क्रममा हुलाकी सडकको निरीक्षण गरेका छन् । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा सहभागि हुनका लागि ओली सोमबार नै रुपन्देही आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.