खोप पाएपछि बालबालिका मख्ख

खोप पाएपछि बालबालिका मख्ख

मलंगवा : विद्यालयमा कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोप दिन थालेपछि विद्यार्थीहरु खुशी भएका छन् । तीन दिन अगाडिदेखि नै खोप दिने निर्णय भएपनि बिहीबारबाट मात्र खोप दिन सुरु गरिएको हो। सरकारले १२ देखि १७ वर्ष समेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको मोर्डना खोप दिन थालेको हो।

खोप दिन थालेपछि विद्यालयमा विद्यार्थीको घुँइचो लागेको छ । कोरोना भाइरसको त्रासमा पढ्दै आएका विद्यार्थीहरु खोप पाएपछि ढुक्क भएको बताएका छन्। स्वास्थ्य कार्यालय सर्लाहीले प्रदेशबाट खोप मगाएर २० वटै स्थानीय तहमा खोप पुर्‍याएपछि खोप लगाउने सुरु भएको छ । १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई आइतबारदेखि नै खोप लगाउने तयारी थियो । तर, स्थानीय तहले समयमा विवरण स्वास्थ्य कार्यालयमा नपठाएपछि केही ढिला भएको स्वास्थ्य कार्यालय सर्लाहीका खोप अधिकृत रामदुलार यादवले बताए।

बुधबार खोप आएपछि बिहीबारबाट खोल लगाउन सुरु भएको हो । १ लाख ६ हजार ८ सय खोप स्थानीय तहको स्वास्थ्य शाखालाई जिम्मा लगाइसकिएको अधिकृत यादवले बताए । विद्यालय र स्वास्थ्य शाखा दुबै स्थानबाट बालबालिकालाई खोप लगाइनेछ । खोप पाएपछि खुशी लागेको सर्लाहीका चक्रघट्टा गाउँपालिका वडा नं. ८ स्थित श्री जनता माध्यमिक विद्यालय औरहीका कक्षा १० का विद्यार्थी धिरज साहले जानकारी दिए ।

ढिलै भएपनि विद्यार्थीहरुले खोप लगाउन पाएका छन् । खोप नपाउँदा डराउँदै डराउँदै विद्यालय आउनु परेको कक्षा ९ का अमृत यादवले बताए । ढिलै भएपनि खोप लगाउन पाएको भन्दै उनले खुशी व्यक्त गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.