कांग्रेस प्रदेश २ निर्वाचनः ९७७ मत खस्यो
जनकपुरधाम: नेपाली कांग्रेसको प्रदेश २ को नयाँ कार्यसमितिका लागि जारी निर्वाचनमा हालसम्म ९ सय ७७ मत खसेको छ। जनकपुरधामको गोपाल धर्मशालामा जारी मतदानमा ४ बजेसम्म ९ सय ७७ मत खसेको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए।
निर्वाचन आज साढे ९:३६ बजेदेखि सुरु भएको हो। कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि दुईवटा प्यानल रहेको छ। सभापति शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्ण यादव र विमलेन्द्र निधि-शेखर कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव उपसभापतिका उम्मेदवार हुन्।
मतदानमा १ हजार ९ सय ८० जना प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिए। मतदान अबेर रातिसम्म चल्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !