स्कारपियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो : ३ जना गम्भीर घाइते

स्कारपियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो : ३ जना गम्भीर घाइते

रौतहट : चन्द्रपुर-गौर सडक खण्डको जयनगर नजिक स्कारपिओ दुर्घटना भएको छ। दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। 

चारजनाको घटनास्थलमा नै र २ जनाको उपचारको क्रममा ज्यान गएको हो। दुर्घटना हुँदा गाड़ीभित्र रहेका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। 

उनीहरु रौतहटको गढीमाई नपा पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएका थिए। विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा जीपका यात्रु मध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मिया अंसारी र २५ वर्षीय सेख अफ्ताव, शेख असरद र शेख अब्लेखको मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जन्ती चढेको भारतीय नम्बरको बिआर ०५ पिए ६९५३ नम्बरको  स्कारपियो अनियन्त्रित भइ दुर्घटना भएको हो।
 
मंगलबार करिव चार बजेको समयमा जीप दुर्घटना भएको हो। मृतक सबै गढिमाई नपा ३ का रहेका छन्। स्करपियो जीप पोलमा ठोक्किएर सडकबाट करिव २० फिट तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते एक जनाको वीरगजमा र दुईजनाको गरुडा स्थित ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.