मुगुमा हिमपात : सडक र हवाई यातायात अवरुद्ध, जनजीवन कष्टकर
मुगु : मुगुमा मंगलबार राति १२ बजेबाट परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। भारी हिमपातले उच्च हिमाली बस्तीका बासिन्दाको जनजीवन कष्टकर बनेको हो।
सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिका, खत्याड, र रारा क्षेत्रका साथै रारा विमानस्थलमा बाक्लो हिमपात भएको छ। हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको छ। लगातारको हिमपातले हवाई यातायातसमेत अवरुद्ध हुँदा ताल्चा विमानस्थलबाट नेपालगन्ज जाने यात्रुहरु ताल्चा विमानस्थलका होटलहरुमा खचाखच भएको सिता एयरका शिवराज भामले जानकारी दिए।
हिमपातले जुम्ला—मुगु सिमाना पर्ने खुच्चिले अवरुद्ध हुँदा यातायातका साधन बीचमै रोकिएका छन्। हिमपातले हालसम्म कुनै मानवीय क्षतिको जानकारी भने नआएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए।
किसान खुसी
हिमपात नहुँदा आफ्नो खेतबारीमा लगाएको हिउँदे बाली जौँ, गहुँ नाफल उवाको उत्पादन कम हुने चिन्तामा परेका स्थानीयबासी भने खुसी भएका छन्। भारी हिमपातले हिउँदे बालीको उत्पादन राम्रो हुने कृषकको भनाई छ। कृषकहरुले पशु चौपायालाई गोठ भित्रै थुन्नु परेको छ।