मनाङको तापक्रम माइनस २ डिग्री : जनजीवन कष्टकर, किसान भने खुसी (फोटोसहित)

मनाङको तापक्रम माइनस २ डिग्री : जनजीवन कष्टकर, किसान भने खुसी (फोटोसहित)

बेँसीशहर : मंगलबारदेखि परेको हिमपातका कारण हिमाली जिल्ला मनाङको तापक्रम माइनसमा झरेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार तापक्रम माइनस २ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ ।

‘चिसो अत्याधिक बढेको छ । कोहिपनि घरबाहिर निस्कन सकेका छैनन्’, प्रजिअ आचार्यले भने, ‘मगंलबार र बुधबार गरेर सदरमुकाममा २ फुट र माथिल्लो मनाङ क्षेत्रमा ३ फुट भन्दा बढि हिउँ जमेको छ ।’ बाक्लो हिमपातका कारण सडक अवरुद्ध बनेको छ । सवारी साधन चल्न सकेका छैनन् । 

धारापानीबाट माथि सबै ठाउँमा हिउँ परेको छ । हिमपातले अत्याधिक चिसो बढेकाले नागरिकलाई सुरक्षित रहन प्रहरी प्रशासनले अनुरोध गरेको छ । ‘चिसोबाट बच्न सर्वसाधरणलाई घर बाहिर ननिस्कन र न्यानो भएर बस्न सूचना गरेका छौं’ प्रजिअ आचार्यले भने, ‘राति चामेको तापक्रम माइनस ७ डिग्री सेल्सियस थियो । अहिले माइनस २ डिग्री सेल्सियस छ ।’ चिसोका कारण सरकारी कार्यालयमा सेवाग्राही आएका छैनन् । मानिस एक घरबाट अर्को घर जान सकेका छैनन् ।

धारापानी भन्दा मुनि ताल क्षेत्रमा पानी परेकाले बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित रुपमा बस्न प्रशासनले सूचना जारी गरेको छ ।

मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार हिउँ जमेको बाटो खुलाउन नसकिएको बताए । हिमपात भइरहँदा बाटो खुलाउन समस्या हुने र खुलाए पनि पुनः हिमपातले हिउँ जम्ने उनले बताए । हिउँ स-साना खोलानाला, झरना र मस्र्याङ्दीको छेउछाउमा पनि जमेको छ । नागरिकलाई सुरक्षित भएर बस्न प्रहरीले अनुरोध गरेको छ ।

हिमपातका कारण मनाङीहरू घरभित्रै बसेका छन् । हिमपातले जनजीवन कष्टकर बनाएपनि किसानहरु भने खुसी भएका छन् । गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने हुँदा किसानहरु खुसी भएको बताए । 

मनाङसँगै बुधबार लमजुङका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ भने तल्लो क्षेत्रमा झरी परेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.