बडिबिल्डर सविना

बडिबिल्डर सविना

हङकङ : सुगठित शारीरिक संरचना, दृढ संकल्प र आत्मविश्वासले भरिएकी युवती हुन् सविना भट्टराई। उनलाई लागेको थिएन, जीवनमा कुनै दिन आफ्नो शारीरिक कुशलतालाई स्टेजमा प्रर्दशन गरेर वाहवाही पाउँछु भन्ने। 

सामाखुसी काठमाडौंकी सविना २००८ मा हङकङ आइन्। आफ्नो अभिभावकसँगै कर्म गर्नका लागि बिदेसिएकी उनी अरू जस्तै १० घण्टा निरन्तर विभिन्न कम्पनीहरूमा काम गर्न थालिन्। वियुटी इन्डष्ट्रिजमा काम सुरु गरेकी सविनालाई शरीरको सुन्दरतालाई कस्मिेटिक आइटमहरूले सजाउनुभन्दा कठोर अभ्यास र निरन्तर मेहनतले सजाउनु उपयुक्त लाग्यो। 

अध्ययनका लागि युरोप जाने सपना र राम्रो आम्दानीको पूर्णकालीन काम छाडेर उनी लागिन शारीरिक अभ्यासतर्फ। सुरुका दिनमा शारीरिक फिटनेसका लागि जिम जान सुरु गरेकी उनी अन्तत जिम र शारिरीक अभ्यासलाई करियर बनाउने निधोमा पुगिन्। करिब २ बर्ष कोरोना प्रकोपको कारण संसार नै थलिएको समयमा सविना निरन्तर डाइट र ह्यावी वोयटमा आफ्नो शरीरलाई सुन्दर बनाउँदै गइन्। निरन्तरको अभ्यास र तपस्याले उनलाई शारीरिीक सुन्दरताका विभिन्न बडिबिल्डिङ प्रतियोगिताका लागि तयारी बनाउँदै लग्यो। बडिबिल्डिङ प्रतियोगिता सञ्चालन गर्दै आएको हङकङकै ठूलो ग्लोबल क्लासिक बडिबिल्डिङले आयोजना गरेको प्रतियोगितामा विकिनी नोभाइसअन्तर्गत विकिनी ओपनमा पहिलो र विकिन नोभाइस क्लासमा ४औं स्थान ओगट्न सफल भइन् सविना।

पहिलोपटक सहभागी प्रतियोगितामै फरक दुई क्याटोगोरीमा पहिलो र चौथो स्थान प्राप्त गरेपछि उनमा आत्मविश्वास बढ्दै गयो। डिसेम्बर २४ तारिकका दिन सम्पन्न ग्लोबल क्लासिक सुपर प्रो क्वालिफाइड बडिबिल्डिङ प्रतियोगितामा आफ्नो क्लासअन्तर्गत पहिलो हुँदै गोल्ड मेडल जित्न सफल भइन् सविनाले। 

नेपाली समुदायमा नचिनिएकी सविनाको अप्रत्यासित सफलताले सिङो हङकङेली नेपाली समाजले गौरव गरिरहेको छ। सविना भन्छिन्, ‘मेरो कठोर परिश्रमको फल पाएको महसुस भइरहेको छ। मेरो काम र सफलताले सिंगो देशकै शिर ठाडो भएको म्यासेज र बधाई पाउँदा आपूmलाई थप जिम्मेवारी बोध भएको छ।’

अन्तर्राष्ट्रिय स्तरका ओलम्पिया, आर्नोल्ड क्लासिक लगायतका प्रतियोगितामा सहभागी भई नेपालको झन्डा फहराउने सपना बोकेकी सविना नेपाली समाजमा शारीरिक फिट र सफलताको कथा सुनाउन चाहन्छिन्। उनी भन्छिन्, ‘हाम्रो समुदायमा खानपिन र अस्वास्थ्यकर दैनिकीले गर्दा धेरैजना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मोटोपन, क्लोस्टोरोल, हाईब्लड प्रेसर जस्ता रोगका शिकार भइरहेका छन्। उहाँहरूसँग डाईट र शारीरिक अभ्यासका बारेमा आफूले जानेको सिप र कौशल बाढ्न मन छ।’ 

हसिली स्वाभावकी सविना शारीरिक सुन्दरतालाई कठोर परिश्रम, खानपिनमा अनुशासन र दृढ संकल्पको उपज मान्छिन्। नेपाली समाजमा विकिनीप्रतिको धारणा र महिलाप्रतिको हिन भावनालाई हटाउन पनि मेरो प्रयासले केही थप मद्दत अवश्य गर्नेछ उनी भन्छिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.