क्यालेन्डर कथा

क्यालेन्डर कथा

युरोपियन देशमा प्रचलित भएको क्यालेन्डरलाई ग्रेगोरियन क्यालेन्डर भनिन्छ। यो पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै प्रचलनमा आएको पात्रोलाई चलाएका थिए। जुन जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। मूलतः विवादकै कारण यो पात्रो रुसले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको भन्ने सम्बन्धित क्षेत्रका विज्ञको भनाइ छ। प्राचीन रोम सहरमा प्रचलनमा ल्याइएका क्यालेन्डरलाई नयाँ रूप दिएर जुलियन क्यालेन्डर बनाइयो र पछि क्यालेन्डरलाई सुधार गरेर ग्रेगोरियन क्यालेन्डर बन्यो। इस्वी संवत् यही क्यालेन्डरद्वारा व्यक्त गरिन्छ।

नेपालकै पश्चिमका केही जातिले माघ १ गतेलाई माघीको रूपमा र पूर्वतिर सिरुका पर्वको नाममा पनि नयाँ वर्ष मनाउने चलन छ।

प्राचीन रोममा प्रचलित क्यालेन्डरमा पहिलो महिना २९ तारिखको भए दोस्रो महिना ३० तारिखको हुन्थ्यो। चन्द्रमाको कलासँग सम्बद्ध भएको यस क्यालेन्डरमा एक वर्षमा ३ सय ५४ दिन हुन्थ्यो। प्रत्येक तीन वर्षमा यो संख्या बदलिन्थ्यो। यो क्रमलाई झन्झट मानेर यसमा सुधार ल्याउन जुलियस सिजरले आदेश दिए। यसपछि मात्र इ.पू. ४५ को जनवरी १ तारिखदेखि सूर्यको गतिअनुसार वर्षमा ३ सय ६५ दिन हुने व्यवस्था भयो। प्रत्येक चार वर्षमा एक दिन थपेर ३ सय ६६ को एक अधिक (लिप) वर्ष हुने भयो। यसरी वर्षभरको महिना ३१ र ३० दिनमा बाँडियो। तर, यसमा अपवाद भने फेबु्रअरी महिना भयो। जुन सन्मा चारले भाग गर्दा शेष रहँदैन भने लिप एयरमा २९ दिनको एक महिना हुन्छ भने नन्लिप एयरमा शेष रहन्छ। फेबु्रअरी भने २८ दिनको महिना हुन जान्छ। फलतः इ.पू. ४४ मा जुलियस सिजरको मृत्यु भयो। सातौं महिनामा जन्मोत्सव परेकाले त्यो महिनाको नाम जुलियसको नाम दिई ‘जुलाई’ हुन पुग्यो।

क्यालेन्डरको सुधारमा सम्राट् अगस्टस्ले सहयोग दिएका हुन्, त्यसकारण वर्षको आठौं महिनाको नाम ‘अगस्ट’ राखियो। बेलायत र अमेरिकी उपनिवेश रहेका देशमा सन् १७५२ सम्म पनि ग्रेगोरियन क्यालेन्डर लागू गरिएन। सोभियत रुसमा १९१८ सम्म लागू भएन। सुरुसुरुमा रोमन वर्ष १ मार्चमा सुरु हुन्थ्यो। पछि इ.पू. १५३ मा १ जनवरीलाई वर्षको सुरु महिना मानिन थालियो। जुलियन र ग्रेगोरियन क्यालेन्डर लागू भएका ठाउँमा पनि जनवरी १ लाई वर्षारम्भ मानिँदैनथ्यो। बेलायतका १४ शताब्दीसम्म २५ डिसेम्बरलाई एक वर्षको पहिलो दिन मानिन्थ्यो, त्यसपछि २५ मार्चलाई मानिन थालियो। सन् १९५२ सम्म पनि यही स्थिति रह्यो। कतैकतै ५ अप्रिललाई आर्थिक वर्षको सुरु दिन मान्ने परम्परा अझै ज्यूँदै छ।

फ्रान्सको राज्यक्रान्तिको समयमा पनि ग्रेगोरियन क्यालेन्डरलाई सुधार गर्न खोजियो। तर यो धेरै टिक्न सकेन। यो क्यालेन्डर यस्तो थियो– २२ सेप्टेम्बर, २१ अक्टोबर, २२ अक्टोबर, २० नोभेम्बर, २१ नोभेम्बर, २० डिसेम्बर, २१ डिसेम्बर, १९ जनवरी, २० जनवरी, १८ फेबु्रअरी, १९ फेबु्रअरी, २० मार्च, २१ मार्च, १९ अप्रिल, २० अप्रिल, १९ मे, २० मे, १८ जुन, १९ जुन, १८ जुलाई, १९ जुलाई, १७ अगस्ट, १८ अगस्ट, १६ सेप्टेम्बर। यसरी १२ महिनाको रूपरेखा तयार पारियो। यो क्यालेन्डर २२ सेप्टेम्बर १७९२ देखि १ जनवरी १८०६ सम्म लागू भयो। पछि नेपोलियनले ग्रेगोरियन क्यालेन्डर नै लागू गरेका थिए। क्यालेन्डरको वादविवाद ‘बोल्र्ड क्यालेन्डर एसोसिएयन’ न्युयोर्कमा स्थापना भएपछि टुंगियो। यो संस्थाले सुरुको हप्ता आइतबार सुरु हुने, लिप इयरको व्यवस्था र अरू विवादको टुंगो लगायो।

विश्वभर नै प्रचलनमा रहेको इस्वी संवत्को नयाँ वर्ष पुस १७ गतेदेखि न्यु इयर २०२२ सुरु भएको छ। यद्यपि, आखिर कसरी आए यस्ता संवत्हरू प्रचलनमा ? केही चर्चा गरौं। इस्वी संवत् अर्थात एडी, विश्वभर प्रचलनमा रहेको वर्ष हो। यसर्थ एडी, अर्थात् जिसस क्राइस्ट जन्मिएको वर्षलाई एक वर्ष मानेर क्यालेन्डर बनाइयो। जिसस जन्मिनु अगाडिको समयलाई बीसी अर्थात् बिफोर क्राइस्ट भनिथ्यो। राजा विक्रम आदित्यले थालनी गरेको यो क्यालेन्डर अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्ष अघि छ। यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रम आदित्यले आफ्नो क्यालेन्डर प्रयोगमा ल्याइसकेका थिए। नेपालमा प्रचलित नेपाल संवत्को भने ११ सय ४२ वर्षपहिले शंखधर साख्वाले प्रचलनमा ल्याएका हुन्। त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा छन्। हरेक वर्षको निश्चित कुनै एउटा दिन, समय, तिथि सकिएर अर्को वर्ष सुरु हुनु वा प्रवेश गर्नुलाई नयाँ वर्ष भनिन्छ। यही नयाँ वर्ष प्रवेश गर्ने दिनलाई विभिन्न व्यक्ति, समुदाय र देशले आआफ्नै तोकिएको समय, दिन र तिथिअनुसार परम्परा र शैलीमा नयाँ वर्ष भनेर मनाउने गर्छन्। 

विश्वमा दुई किसिमको पात्रो छ। चन्द्रपात्रोअनुसार तिथिका आधारमा विभिन्न पर्व मनाइने हँुदा नयाँ वर्ष पनि तिथिकै आधारले मनाइन्छ। सौर्यपात्रोअनुसार गतेका हिसाबले पर्वहरू मनाइने हँुदा नयाँ वर्ष पनि निश्चित गतेमा नै मनाइने गरिन्छ। अधिकांश नेपालीले सौर्यपात्रोअनुसार वैशाख १ गतेलाई नयाँ वर्ष मनाउँछन्। नेवार समुदायले चन्द्रपात्रो अनुसार ‘नेपाल संवत्’ मनाउने गर्छन्। यो संवत् सुरु हुने कात्तिक शुक्ल प्रतिपदा तिथिमा हर्षोल्लासका साथ नयाँ वर्ष मनाउने गर्छन्। तामाङ, शेर्पा जातिले ल्होसार पर्वको नाम दिई चन्द्रपात्रोअनुसार नयाँ वर्ष मनाउँछन्। गुरुङ जातिले सौर्यपात्रोअनुसार पुस १५ गतेलाई नयाँ वर्ष मनाउने गर्छन्। नेपालकै पश्चिमका केही जातिले माघ १ गतेलाई माघीको रूपमा र पूर्वतिर सिरुका पर्वको नाममा पनि नयाँ वर्ष मनाउने चलन छ। केही थारू जातिले नयाँ वर्षलाई चिराई पर्वको रूपमा मनाउँछन्। मिथिलाञ्चलमा वैशाख २ गते जुडशीतललाई नयाँ वर्षको रूपमा मनाइन्छ। विश्वमा प्रायः जनवरी १ तारिखमा नव वर्ष भनेर मनाउने चलन बढी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.