अस्ट्रेलियाले रद्द गर्यो जोकोभिचको भिसा
मेल्बर्न : अस्ट्रेलियाले टेनिस विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरेको छ। उनलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको हो।
सर्बियाका खेलाडी मेल्बर्न विमानस्थलमा पुगेपछि उनको भिसा रद्द गरिएको हो। उनले त्यहाँ कयौँ घण्टासम्म कुरेर बसेका थिए। अन्त्यमा उनलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको जानकारी दिइएको थियो। उनले अस्ट्रेलिया प्रवेशका लागि मापदण्ड पूरा नगरेको जानकारी दिइएको बताइएको छ।
उनले कोरोनाविरुद्धको खोप नलगाइएका व्यक्तिलाई प्रवेशका लागि भिसा अनुरोध नगरेको पाइएको हो। अस्ट्रेलिया ओपन टेनिसमा भाग लिन अस्ट्रेलिया पुगेका उनलाई फिर्ता पठाउने तयारी भइरहेको बताइएको छ।
खोप छुट दिइएको थियो
जोकोभिचलाई अस्ट्रेलिया ओपन टेनिसमा भाग लिनका लागि खोप कार्ड छुट दिइएको बताइएको छ। यद्यपि अस्ट्रेलियावासीले भने सो निर्णयको विरोध जनाएका थिए।
अस्ट्रेलियामा कोरोना भाइरस फैलिएसँगै कोरोना खोप लगाएका व्यक्तिलाई मात्र मुलुक प्रवेश दिइएको छ। जोकोभिचले खोप लगाए÷नलगाएको उनले केही बताएका छैनन्।
अब उनले नयाँ भिसाका लागि आवेदन दिन सक्ने वा कानुनी उपाय अपनाउन सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !