मन्थलीमा निःशुल्क मिर्गौला परीक्षण

मन्थलीमा निःशुल्क मिर्गौला परीक्षण

रामेछाप : मन्थली नगरपालिकाले निःशुल्क मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको छ। नगरपालिकाको आर्थिक सहयोग तथा ‘मिर्गौला बचाउ अभियान’को प्राविधिक सहयोगमा निःशुल्क परीक्षण सुरु गरिएको हो। अभियानमार्फत ५१ हजार ६ सय नगरवासीको मिर्गौला परीक्षण गर्ने लक्ष्य रहेको मन्थली नगरपालिकाले जनाएको छ। 

पिसाबमा ‘डिपस्टिक’ डुबाउँदा केही मिनेटमै त्यसको रङमा आउने परिवर्तनले मिर्गौलाको अवस्था थाहा हुने वरिष्ठ मृर्गौला रोग विषेशज्ञ डा. ऋषिकुमार काफ्लेले बताए। अभियानबाट मिर्गौलाको समस्या देखिएका सबैलाई उपचार र परामर्श दिइने पनि डा. बताए। परीक्षणका क्रममा समस्या देखिएका सबैलाई पुस २८ गते मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः परीक्षण गराइने उनले बताए। 

राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा आगामी २ महिनाभित्र नगरवासीको मिर्गौला परीक्षण गरिसक्ने प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल बताए। यसका लागि नगर क्षेत्रमा रहेका विभिन्न ३१ वटा स्वास्थ्य इकाइ, विद्यालय, वडा कार्यालय, खोप केन्द्र र उपयुक्त अन्य स्थानमा अभियान लैजाने तयारी रहेको उनले जानकारी दिए। अभियानमा नगरअन्तर्गत कार्यरत सबै स्वास्थ्यकर्मी र स्वयंसेविकालाई मापदण्ड बनाएर परिचालन गरिएको छ।

हाल विनियोजित बजेटले अपुग भए नगरपालिकाले थप बजेटको व्यवस्था गरेर अभियान पूरा गर्ने नगर प्रमुख रमेशकुमार बस्नेतले बताए। 

नेपालमा हाल करिब ३० लाख नागरिकमा मिर्गौलाको समस्या रहेको डा. काफ्ले बताए। ‘त्यसमध्ये करिब ३० हजार जनाको मिर्गौला बिग्रेको देखिएको छ,’ उनले भने, ‘हरेक वर्ष ३ हजार मिर्गौला रोगी थपिइरहेका छन्। करिब ५ हजार जनाले नियमित डायलसिस गराइरहेका छन्।’

नगरपालिकाका १४ वटै वडामा अभियान सञ्चालन गर्ने बताएको छ। अभियानमा हालसम्म १ हजार ७९२ जनाको मिर्गौला परीक्षण गरिएको छ। जसमध्ये ३९८ जनामा समस्या देखिएको अभियानले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.