एमाले रौतहट अध्यक्षमा साह, असन्तुष्ट पक्षद्वारा मतदानमा जान माग

एमाले रौतहट अध्यक्षमा साह, असन्तुष्ट पक्षद्वारा मतदानमा जान माग

रौतहट : नेकपा एमाले रौतहटको ९औं जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कमिटी गठन भएको छ। सम्पन्न अधिवेशनले अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादब, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी, उपसचिवमा रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ।

नेकपा एमाले प्रदेश २ का अध्यक्ष राम अवतार यादवले सर्वसम्मत चयन भएका नयाँ कमिटी लाई सपथ खुवाएका थिए। एमालेका निवर्तमान अध्यक्ष तुलसीराज गिरीले अधिवेशनमा उपस्थित प्रतिनिधीले अनुमोदन नगरी अधिवेशनको अध्यक्ष मण्डलबाट जबरजस्ती कमिटी घोषणा गरिएकोले एकलौटी जिल्ला कमिटी अवैध रहेको प्रतिकृया दिएका छन। सो कमिटीलाई नमान्ने भन्दै असन्तुष्ट पक्षले गरुडामा सोमवार भेला गरेका छन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.