वालिङमा निःशुल्क मृर्गौला डायलाइसिस सेवा सुरु
स्याङ्जा : वालिङ् नगरपालिकामा निःशुल्क मृर्गौला डायलाईसिस सेवा सुरु भएकोे छ। रोटरी क्लव अफ वालिङले यसैसातादेखि निःशुल्क मृर्गौला डायलाइसिस सेवा सुरु गरेको हो।
उनका अनुसार, ‘रोटरी क्लव अफ वालिङ र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेवा सञ्चालनमा ल्याईएको हो। रोटरी क्लव वालिङ र रोटरी क्लव बुटवलको २ करोड र रोटरी फाउडेशन (अन्र्तराष्ट्रिय) को ३ करोडगरी ५ करोडको लागतमा निर्मित सुविधा सम्पन्न केन्द्र मार्फत सेवा उपलब्ध भएका छौं।’
सेन्टरमा ८ वटा डायलायसिसका मेशिन, एउटा भेन्टिलेटरसहितको र एउटा एमजेन्र्सीगरी १० वटा डायलायसिस मेशिन छन्। यहाँबाट ८ देखि १० जनाले नियमित उपचार लिएका छन्। यहाँबाट वालिङ् लगायत पर्वत र पाल्पाका केही वडाका मृर्गौला पिडितलाईसमेत सेवा लिन सहज पुग्छ। यसअघि भने यहाँका मृर्गोेला पिडितहरु डायलायसिसका लागि पोखरा, पाल्पा, बुटवल, पोखरा जाने गर्दथे।
सेन्टरमा मृर्गौला विशेषज्ञ र एमबीव्बीएस डाक्टर एक÷एकसहित ११ जना कर्मचारी कार्यरत छन्। मासिक खर्च ३ लाख भन्दा बढी हुने बताइएको छ। भेन्टिलेटरसहित सबै ल्याबका सुविधा उपलब्ध छ यहाँ। डायलायसिस बाहेकका अन्य थप सेवा तथा औषधी भने विरामी तथा सम्बन्धित खरिद गर्नुपर्ने हुन्छ।
पछिल्ला केही वर्षयता नेपालभर मृगौला रोगीका संख्या दिनानुदिन बढ्दो छ। सोही अनुरुप स्याङ्जामा पनि मृर्गौला रोगीको संख्या धेरै छ। वालिङ् नगरपालिकामा मात्र १ सय ६० जना रहेको नगरप्रमुख दिलिपप्रताप खाँण बताउछन्।
‘अत्यावश्यक सेवा संञ्चालनमा आएको छ। सेवालाई जीवन्त राख्नु हामी सबैको कर्तव्य र दायित्व हो। मानवीय कार्यमा नगरपालिकाको सधैं सहयोग रहन्छ।’ नगर प्रमुख खाँणले बताए।
बढ्दो विषादी मिश्रित खाद्य पदार्थ, जथाभावी औषधीको सेवन र स्वास्थ्यप्रतिको बेवास्ताका कारण मृर्गोैलामा खराबी देखिने क्रम बढ्दो रहेको डा. रजत कायस्थ बताउछन्। चिकित्सकहरु भन्छन्, ‘स्वच्छ र स्वस्थ्य खानपान, आहार बिहार र विचारमा ध्यान दिएमा मृर्गोला स्वस्थ्य राख्न सकिने केही उपाय हुन।’
आफनो नगरभित्र डायलायसिस गर्न पाउदा मृर्गौला पिडितले राहत मिलेको बताएका छन्। अन्यत्र जिल्लामा जानुपर्दाका खर्च, कठिनाई र समय बचत भएकोमा खुशी ब्यक्त गर्छन उपचारमा संलग्न बिरामीहरु।