मन्थलीमा प्रसूति सेवा बन्द

मन्थलीमा प्रसूति सेवा बन्द

रामेछाप : रामेछापको सदरमुकाम मन्थलीस्थित प्रसूति सेवा २ वर्षदेखि बन्द हुँदा सयौं सेवाग्राही मारमा परेका छन्। प्रसूति सेवा सञ्चालन हुन नसक्दा प्रसूति गृह नै बन्द हुने अवस्थामा पुगेको छ। सरकारले ग्रामीण महिलाहरूलाई  सुत्केरी गराउन सहज होस् भन्ने उद्देश्यले स्थापना गरिएको गृह बन्द हुने अवस्थामा पुगेपछि हुँदा वार्षिक २ सयभन्दा बढी महिला प्रसूति हुन धुलिखेल र काठमाडौं रिफर हुने गरेका छन्। 

आर्थिक वर्ष २०७८/७९ को पुससम्म ७१ जना महिलालाई प्रसूति गराउन रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ। सामान्य प्रसूति गराउन सकिए पनि जटिल अवस्थाका महिलालाई सुविधा अभावका कारण मन्थलीमै प्रसूति गराउन नसकिएको  केन्द्रका प्रमुख डा. नवराज श्रेष्ठले बताए। सामान्य सुत्केरी गराउन सकिए पनि सुत्केरी गराइसकेपछि जटिल समस्या आउने गरेको पनि डा. श्रेष्ठले बताए। उनले भने, ‘विशेषज्ञ डा.एमडीजीपी र  एनएसथेसिया भएको भए कसैलाई पनि रिफर गर्नुपर्ने थिएन।’ मन्थली नगरपालिकाले डा.सहित सुविधा उपलब्ध गराएमा कुनै पनि महिलालाई रिफर गर्नु नपर्ने प्रसूति गृहमा कार्यरत स्टाफ नर्स करिश्मा कार्कीले बताइन्। उनले भनिन्, ‘यस आर्थिक वर्षमा ११६ जना महिलालाई सामान्य प्रसूति गराउन सफल भएको भए पनि ८१ जना महिलालाई सुविधा अभावले रिफर गर्नुपरेको थियो।’

२ वर्षसम्म प्रसूति सेवा बन्द हुँदा पनि मन्थली नगरपालिकाले चासो नदिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका निवर्तमान व्यवस्थापन समितिका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठको दाबी छ। सरकारले छुट्याएको २ वर्षको बजेटसम्म कहाँ खर्च गरियो त्यसको लेखाजोखासमेत नभएको उनले बताए। सम्बन्धित निकायले चासो नदिने हो भने प्रसूतिगृह अलपत्र बनाएर राख्नुको कुनै अर्थ नरहेको श्रेष्ठ बताउँछन्। 

मन्थली नगरपालिकाले भने डाक्टरसहित आवश्यक सुविधा उपलब्ध गराएर माघसम्ममा प्रसूति गृह सञ्चालनमा ल्याउने बताएको छ । बजेट कम भएको र डाक्टरले महँगो तलब सुविधा माग गरेको कारण पनि डाक्टर ल्याउन नसकिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए। ग्रामीण भेगमा डाक्टरहरू आउन नमान्ने र आए पनि लामो समय नरहने गरेकाले पनि प्रसूति गृह नियमित सञ्चालन गर्न कठिनाइ भएको नगरप्रमूख बस्नेतको भनाइ छ। तर, यसलाई सञ्चालनमा ल्याउन आफू लागिपरेको बस्नेतको भनाइ छ। 

प्रसूति गृह बन्द भए पनि रिफर गरिएका महिलालाई यातायात खर्च मन्थली नगरपालिकाले नै दिने गरेको पनि नगर प्रमूख बस्नेतले बताए। प्रसूति सेवा बन्द हुँदा सयौं सेवाग्राही महंगो खर्च गरेर उपचार गराउन बाध्य छन् भने कतिले प्रसूति हुनका लागि जाँदै गर्दा बाटोमै अकालमा ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.