रौतहटका वनमा बाघ खोजिदैँ

रौतहटका वनमा बाघ खोजिदैँ

रौतहट : रौतहट जिल्लाको वनक्षेत्रमा बाघ गणनाको लागि क्यामरा ट्रयापिङको काम भइरहेको छ। राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन पर्सा कम्पलेक्स अन्तर्गत तेश्रो ब्लकमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्र, डिभिजन वन कार्यालयहरु पर्सा, बारा, मकवानपुर र रौतहटको वन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको हो।

माघ ४ गते देखि सुरु भएर १५ दिनसम्म रौतहटको वनमा क्यामरा जडान हुने वन कार्यालयले जनाएको छ। उक्त अवधिमा वनक्षेत्रमा प्रवेश निषेध गरिएको वन कार्यालयले जनाएको छ। बाघ गणनाका लागि ठाउँठाउँमा क्यामराहरु जडान भएको हुँदा सो क्यामरा नचलाउनसमेत आग्रह गरिएको छ।

गत वर्ष पनि रौतहटको वनमा क्यामरा जडानगरी बाघको गणना गरिएको थियो। रौतहटमा ४ वटा वयस्क बाघ भेटीएका थिए। गत अािर्थक वर्षमा पनि बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथरलगायतका वनक्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएको थियो। यस वर्षपनि बाघको आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको रौतहटका डिएफओ अमरदेव यादवले जनाएका छन्।

केही महिनाअघि चन्द्रपुर ६का एकयुवक बाघको आक्रमणबाट मारीएका थिए भने जिल्लाको उत्तरी भेग चन्द्रपुर, गुजरा नगरपालिकामा पछिल्लो समय बाघले आक्रमणगर्दा ५ जना घाइते भैसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.