नेपाल बैंकको एनआरएनएका लागि आकर्षक निक्षेप खाता
काठमाडाैँ : नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ। विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिइने बैंकले जनाएको छ। अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिइने बैंकले जनाएको छ। अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक ब्याजदर दिने व्यवस्था गरिएको छ।
बचत तथा मुद्दती खातामा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ। एनआरएन खाता गैर–आवासीय नेपालीहरुले एकल तथा संयुक्तरुपमा तथा गैर आवासीय नेपालीबाट प्रवर्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिने छ।
यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ। साथै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने छ भने मुद्दती खाता कम्तिमा १ वर्ष वा सो भन्दा बढी अवधिको लागि खोल्न सकिनेछ।
नेपाल अधिराज्यभर २१३ शाखाहरु, १४७ एटिएम मेसिनसाथै ४७ वटा एक्सटेन्सन काउन्टर माफैत करिब २० लाखग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !