सीमा क्षेत्रबाट ५ टन अवैध केराउसहित ट्रक पक्राउ

सीमा क्षेत्रबाट ५ टन अवैध केराउसहित ट्रक पक्राउ

कपिलवस्तु : नेपाल भारत सीमा क्षेत्र अन्तरगत यशोधरा गाउँपालिका वडा नं. ७ सीमा नजिकबाट प्रहरीले अवैध ढंगबाट ल्याइएको एक ट्रक केराउ पक्राउ गरेको छ। 

प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राती नेपालबाट सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेको यु.पी. ५५ टि २२९५ नम्बरको ट्रक शंका लागि चेक जाँच गरिएको थियो। 

उक्त ट्रकमा करीब ५ लाख मुल्य बराबरको ५ हजार किलोग्राम अवैध केराउ बरामद गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ। 

पक्राउ परेको ट्रक र केराउ प्रहरीले सुठौली भन्सार कार्यालय पठाएको छ। पछिल्लो समय जिल्लाका सीमावर्ती नाकाबाट ठूलो मात्रा केराउको तस्करी बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.