तेह्रथुमको म्याङलुङमा आगलागी, एक घर जलेर नष्ट

तेह्रथुमको म्याङलुङमा आगलागी, एक घर जलेर नष्ट

तेह्रथुम : तेह्रथुमको म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शिवकुमार पाङगेन्हाङ लिम्बुको घरमा बिहान करिब ५:२० तिर अचानक लागेको आगोले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।

आगोले घरमा डेरा बस्ने म्याङलुङ नगरपालिका–१ का अर्जुन अधिकारीको भाडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगो नियन्त्रणको क्रममा १ घरमा समेत क्षती भएको छ । आगलागीले मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

आगो स्थानीयबासी, नेपाली सेना र प्रहरीको सक्रियतामा करिब दुईघण्टा पछि मात्र नियन्त्रणमा लिएका थिए । आगो निभाउनका लागी म्याङलुङ नगरपालिकाको दमकल समेत  ढिला आएको र दमकल आएपनि दक्ष जनशक्ती अभावका कारण घर जोगाउन नसकिएको स्थानीयबासी सुमन बस्नेतले दुखेसो पोखे ।

घरमा श्राद्ध रहेको र सेलरोटी पकाउने क्रममा ग्याँस लिख भई आगलागी सुरु भएको स्थानीयबासीले बताएका छन् । क्षतिको विवरण संकलनकार्य जारी रहेकाले के कति क्षति भयो भन्ने एकिन भई नसकेको प्रमुख जिल्ला अधिकारीअनोज कुमार घिमिरेले बताए । 
 
सदरमुकाम म्याङलुङ बजार पटक पटक आगलागीको चपेटामा पर्दै आएको छ । यस अघि २०५९ सालमा ८५ घर र २०७० सालमा ८ घर आगलागीको कारण जलेर नष्ट हुदा सयौ परिवार विस्तापित भएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.