हङकङमा अधिकांश नेपाली कोरोना संक्रमीत, अस्पतालमा बिरामीको चाप

हङकङमा अधिकांश नेपाली कोरोना संक्रमीत, अस्पतालमा बिरामीको चाप

हङकङ : कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले हङकङमा आतंक श्रृजना गरेको छ। पाँचौ वेभकोरुपमा फैलिएको भाईरस आयतित हुँदै समुदायमा चाँडो फैलिएको हो। 

अन्य समयभन्दा यो पटकको भाईरस संक्रमणको वेभमा हङकङेली नेपालीहरु अधिकांशमा कोरोना देखिएको छ भने धेरैजना संक्रमणको शंकामा छन्। अत्याधिक चिसो बढेकाले पनि शरिरमा समस्या भएको बताईन्छ तर घरमै र्यापिड टेस्ट गर्दा अधिकांशलाई संक्रमण देखिएको हो। 

काम गर्ने स्थलहरुमासमेत कोरोना संक्रमण देखिएपछि सुरक्षा क्षेत्र, निर्माण क्षेत्र, होटल रेष्टुरेन्ट र अफिसमा काम गर्ने कर्मचारीहरुलाई प्रत्येक हप्ता अनिवार्यरुपमा पिसिआर जाँच गर्न भनिएको छ। पिसिआरमा कोरोना नेगेटिभ देखिएको रिपार्ट देखाएपछि मात्र काममा प्रवेश पाईने नियम बनाईएको छ। कतिपय कम्पनीहरु केही समयका लागि बन्दसमेत भएका छन्। 

अनिवार्य पिसिआर रिपोर्ट लागू भएसँगै स्थानीय पिसिआर प्वाईन्टहरुमा अत्याधिक भिड बढेको छ। फ्रि र २४० हङकङ डलर तिरेर दुवैप्रकारका पिसिआर गर्नका लागि कम्तिमा पनि २ देखि ३ घण्टा लाईनमा पालो पर्खनुपर्ने भएको छ। 

२४ घण्टाभित्रमा रिपोर्ट आउँनु पर्नेमा जाँच गर्नेको संख्या अत्याधिक भएकाले पैसा तिरेमा अलिक छिटो नत्र कम्तिमा ३ दिन पर्खनुपर्ने भएको छ। पिसिआर रिपोर्टबिना काममा प्रवेश नपाईने हुनाले र रिपोर्ट पनि समयमा नआएकाले गार्हो भएको नेपालीहरु बताउँछन्।
 
७ वर्षअघि हङकङ आएका धरानका राजभक्त राई भन्छन् '३ घण्टा भयो पिसिआरको लाईनमा बसेको पालो आएको छैन। कम्पनीले हरेक ४ दिनमा नयाँ पिसिआर रिपार्ट देखाउँनु भन्छ, के गर्ने होला? परिवारका सबै सदस्यमा घरमै र्यापिट टेस्ट गर्दा पोजिटिभ देखिएको छ। '

काम गर्नेपर्ने, बाहिर हिड्नै पर्ने बाध्यता र बिवसताको जडमा कोरोना त्रासले हङकङेली नेपालीहरुको जनजीवन अस्तब्यस्त बनेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.