एमसीसीले गठबन्धन सरकारमा गाईजात्रा देखियो : पोखरेल

एमसीसीले गठबन्धन सरकारमा गाईजात्रा देखियो : पोखरेल

बुटवल : एमसीसी सरकारबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयले सत्ता सहयात्रा गरिरहेका पाँच दलीय गठबन्धनमा गाईजात्रा देखिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्। सरकार संचालनमा गरिरहेका दलहरुबीचमै एमसीसी अनुमोदनका विषयमा अलगअलग धारणा राखेर सत्तामा टाँसिरहनुले नैतिक प्रश्न उब्जाएको उल्लेख गरे। ‘संवेदनशिल विषयमा धारणा फरक फरक हुने तर सत्तासँगै चलाउने?’,पोखरेलले प्रश्न गरे,‘सत्तामा बस्नेहरुको स्पष्ट दृष्टिकोण हुँदैन् भने यस्ता पात्रहरुलाई राज्यको नेतृत्व गर्ने अधिकार हुँदैन्।’

बुधवार बुटवलमा आयोजित नेकपा एमालेको निर्वाचन केन्द्रित प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले सभामुखले आफ्नो गल्ती नसच्चाउदाँसम्म एमालेले संसद् अवरुद्ध गरिरहने ठोकुवा गरे। ‘जनताको समृद्धिको थलो हो, प्रतिनिधी सभा’, उनले भने, ‘तर, गैर सांसद्लाई राखेर संसद् चल्न सक्दैन्।’ उनले पार्टीले कारवाही गरेका सांसद्हरु सांसद् पदमा बसीरहन नैतिक आधार नभएको उल्लेख गरेका छन्।

संविधानले तोकेकै समयमा तीनै तहको निर्वाचन हुने बताए। केही तत्वहरु निर्वाचन हुन नदिन् लागेको सुनाउँदै पोखरेलले जनस्तरबाट निरन्तरको खवरदारी भइरहनुपर्ने समेत धारणा राखे। एमालेले निर्वाचतिर केन्द्रित रहेर देशभर पार्टीका गतिविधिहरुलाई बढाइरहेको पोखरेलले जानकारी गराए। संविधानले संक्रमणकालिन व्यवस्थालाई पूनःस्थापित गर्न नसक्ने भन्दै पोखरेलले वैशाख ३० मै स्थानीय तहको निर्वाचन हुने उल्लेख बताए।

नेकपा एमाले केन्द्रीय स्कुल विभाग, केन्द्रीय स्थानीय तह विभाग, केन्द्रीय निर्वाचन विभागको आयोजना र प्रदेश कमिटीको व्यवस्थापनमा गरिएको प्रशिक्षण दुई दिनसम्म चल्ने एमालेले जनाएको छ। महासचिव पोखरेल र उप महासचिव प्रदिप ज्ञवाली सहितका नेताहरुले प्रदेशभरका नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.