आज के होला बानेश्वरमा ?

आज के होला बानेश्वरमा ?

काठमाडौं : नयाँ बानेश्वर क्षेत्रमा आइतबार बिहानदेखि प्रदर्शनकारी र प्रहरीबीच झडप भयो। सडकमा जताततै ढुंगै ढुंगा छरिएको थियो। प्रदर्शनकारीले कतै टायर र डिभाइडर नै बालेका थिए। सडक आसपास रहेका बोटबिरुवा उखेलेर फाले।

प्रतिनिधिसभा बैठकमा बिहीबार एमसीसीसम्बन्धी प्रस्तावबारे छलफल हुने भएपछि प्रदर्शनले कस्तो रूप लेला भनेर बानेश्वर र बुद्घनगर आसपासका बासिन्दा त्रसित छन्। प्रदर्शनकारीले हानेका ढुंगा र त्यही ढुंगा लागेर फुटेका सिसाका टुक्रा सम्हाल्दै गरेको अवस्थामा भेटिइन् बुद्धनगरकी जानकी श्रेष्ठ। उनले भनिन्, ‘सडकमा कुदिरहेका प्रदर्शनकारी र प्रहरी आफ्नो पसलभित्र पस्छन् होला भन्ने अलिकति पनि लागेको थिएन। बचाऊ–बचाऊ भन्दै ४–५ जना पुलिस सटरभित्र छिर्नुभयो। म त आत्तिएँ।’

बानेश्वरको झडप बुद्घनगरसम्मै थियो। प्रहरी र आन्दोलनकारी नै एक–अर्काको बचाउ अभियानमा पसलहरूमा छिर्न थाले। सोही क्रममा जानकी पनि सटर तान्न मात्र खोजेको बेला ठूलो भीडबाट उम्केर पाँच प्रहरी सटरभित्र छिरे। उनले भनिन्, ‘अरू दायाँबायाँका पसल सबै बन्द भइसकेका थिए।’ त्यसपछि प्रदर्शनकारी पनि ह्वारह्वार्ती छिरे। सिसा सबै फुटे। म आपैंm घाइते भएँ। कपडा यत्रतत्र थिए।’

मंगलबार भने जानकी केही हदसम्म खुसी देखिन्थिन्। उनलाई बिहानै गृहमन्त्रीले फोन गरेका थिए। ‘मन्त्रीज्यूले फोन गरेर प्रहरीलाई जोगाइदिएकोमा धन्यवाद दिनुभयो। क्षतिपूर्तिका लागि पनि हेरिने भन्नुभयो’, उनले भनिन्। 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले मंगलबार बुद्घनगर क्षेत्रमा क्षति भएका पसलमा पुगेर क्षतिको विवरण लिएका थिए। 

आन्दोलनमा उत्रिएका व्यक्ति हुन् वा बाहिर हिँडिरहेका जोकोहीलाई सुरक्षाकर्मीले अन्धाधुन्ध पिटेको देखेको बानेश्वरका तुलसी घिमिरेले बताए। उनले भने, ‘हाम्रो अगाडि पार्कका बिरूवाहरू उखेलेर फालेका छन्। ती बिरूवासँग केको रिस ?’ 

बानेश्वरकै रुपसिन बासकोटीले आन्दोलनमा ढुंगामुढा भएको बताए। ‘सुरक्षाकर्मीले धेरै दमन गरे। मैले बाटोमा हिँड्ने एक महिलालाई आफ्नो पसलभित्र ताने। उनीसँग ३ छोराछोरी थिए। सुरक्षाकर्मीले हान्दा पसलका दुईवटा सिसा पनि फुटेका छन्’, उनले भने। 

बुद्धनगरका मुकुन्द आचार्यलाई बाहिर प्रदर्शन भइरहेको थाहा थियो। ‘अलि कम भएको होला भनेर सटर खोलें। त्यही बेला हाम्रो अगाडिको बिरुवा उखेल्दै फाल्दै थिए’, उनले भने, ‘म वासरुम जान निस्केको बेला दुई जना प्रहरी मेरो पछाडि थिए। उनीहरूले केही गरेनन् तर अर्को आएर हान्यो।’

बानेश्वरकै एएसजी अस्पतालमा आन्दोलनकारीभित्र लुक्न आए। उनीहरूभित्र छिरेपछि त्यहाँका कर्मचारी पनि आत्तिए। ‘यस्तो ज्यादती गर्न नहुने हो। यो मानव अधिकारविरुद्धको कार्य हो। कति लखेटी–लखेटी कुटिए भनी साध्य छैन,’ एक कर्मचारीले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.