अख्तियारको टोलीद्वारा देवाहीगोनाहीका मेयर पक्राउ

अख्तियारको टोलीद्वारा देवाहीगोनाहीका मेयर पक्राउ

रौतहट : देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएका छन्। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट  डिएसपी पुष्प मल्लको नेतृत्वमा आएको टोलिले दुई लाख पचाँस हजार नगद र  दुई लाख पचाँस हजारको चेकसहित टोलीले मेयरको कार्य कक्षबाट पक्राउ गरेको  हो।

नगरपालिकाको वडा नंम्वर १ का वडाअध्यक्ष शेख नुरुल्लाहसंग घुस बापतको रकम मागेको अख्तियारमा गुनासो आएपछि काठमाण्डौंबाट आएको टोलीले मेयर पटेललाई घुस रकम लिदैँ गरेको अवस्थामा पक्राउ गरेको हो। मेयर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको  रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले पुष्टि गरे।
 

मेयर  पटेल पक्राउ परेको खबर सुनेपछि केही  स्थानीयले झुठो आरोपमा  फसाउन खोजेको भन्दै देवाहिमा रहेको नगरपालिकाको कार्यालय घेराउ गरेका छन्। मेयर पटेलसहित योजना प्रमुख, लेखापाल र मेयरका स्वकिय सचिवलाई पनि टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको बताइएको छ भने नगरपालिका कार्यालय वरिपरि सुरक्षाकर्मी खटाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.