घरभित्रै निसास्सिएर दैलेखमा आमा-छोराको मृत्यु

घरभित्रै निसास्सिएर दैलेखमा आमा-छोराको मृत्यु

दैलेख : दैलेखमा निसास्सिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजारमा बसोबास गर्दै आएका ४० वर्षीया हरिकला बादी र १८ वर्षीय रमेश बादीको मृत्यु भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । 

बिहीबार राती सुतिरहेको समयमा कपडाबाट आगो सल्किएर निसास्सिएर दुवैजनाको मृत्यु भएको  हुनसक्ने आशंका गरिएको छ । आगोले हरिकलाको शरीरको पछाडिको भाग र रमेशको हात जलेको अवस्थामा शव घरभित्रै भेटिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए । 

मुण्डा घर (माटोले छाएको घर) भएको र झ्याल ढोका बन्द गरेका कारण आगलागीपछि उनीहरु घरभित्र बाहिर निस्कन नसकेको हुनसक्ने स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारसहितको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

प्रहरी निरीक्षक सुनारले थप अनुसन्धानका लागि घटनास्थलतर्फ गइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.