बालविवाहले रोक्यो पढाइ

बालविवाहले रोक्यो पढाइ

रामेछाप : दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाकी स्वस्तिका थामीले कक्षा ५ मा नै पढाइ छाडिन्। विवाह लगत्तै पढाइ छाड्नु पर्ने बाध्यता भयो। थामी समुदायका अधिकांश छोरीहरूको कम उमेरमा नै विवाह हुन्छ। यसले उनीहरूको पढाइ बीचमा नै छाड्नुपर्ने बाध्यता छ। 

छोरीलाई चाँडै विवाह गरेर अर्काको घर पठाइदिने परम्पराले गर्दा बीचमै पढाइ छुट्ने गरेको डडुवाका ५१ वर्षीय रिमे थामी बताउँछन्। विवाह गरेपछि घरमा गएर काम गर्नुपर्ने र पढ्ने वातावरण नमिल्ने हुँदा बालिकाले पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न पाउँदैनन्। 

आर्थिक अवस्था कमजोर भएको र पुरानै संस्कारले जरा गाडेका कारण थामी समुदायमा वालविवाह कायम रहेको थामी बताउँछन्। थामी समुदायको आर्थिक अवस्था यति बिग्न कमजोर भएका कारणले बाल विवाह पनि बढ्दो अवस्थामा रहेको उनले बताए। दुई वर्ष अगाडि १६ वर्षको उमेरमा विवाह भएपछि आफूले रहरले नभएर बाध्यताले पढाइ छाडेको स्वस्तिका थामीले बताइन्। 

विवाह गरेपछि स्कुल जाँदा साथीहरूले गिज्याउने र लाज लाग्ने हुनाले स्कुल जान छाडेको उनको भनाइ छ। थामी समुदायमा उच्च शिक्षासम्म अध्ययन गरेका डेक थामी पढ्ने रहर हुँदाहँुदै पनि आर्थिक अभावमा माथिल्लो कक्षासम्म पढ्न नसकेको बताउँछन्। ‘के गर्नु हजुर रहर भएर मात्र नहुने रैछ, आर्थिक रूपमा थलिएपछि पढ्न सकिएन’, डेक गुनासो गर्छन्। थामी समुदायमा अन्य समुदायको प्रभाव नपर्नु र आफ्नै रुढीवादी संस्कार कायम रहेकै कारण बालविवाह कायम रहेको उनको भनाइ छ। 

केही समय अघिसम्म छोरीलाई स्कुल पनि नपठाउने रामेछापका थामीहरू अहिले प्राथमिक तहमा भने सबै छोरीहरूलाई विद्यालयसम्म पठाउन थालेका डडुवाका स्थानीय बुद्धिजीवी ताराबहादुर मोक्तान बताउँछन्। तर, गाउँबाट विद्यालयसम्म पुग्ने अधिकांश थामी बालिकाले ७ कक्षाभन्दा माथि पढ्ने गरेका छैनन्। अन्धविश्वास र गरिबीका कारण थामीहरूले छोरीहरूलाई पढाइबाट बञ्चित गरेको मोक्तानको भनाइ छ। रामेछापको दोरम्बा गाउँपालिकाको डडुवा र खाँडादेवी गाउँपालिकाको खाँडादेवी गरी दुईवटा वडामा मात्र बसोबास रहेको थामी समुदाय अरू जातिको तुलनामा निकै पछाडि परेको समुदाय हो। यो समुदायमा अहिले पनि रुढीवादी परम्परा, अन्धविश्वास र गरिबी व्याप्त छ। 

वर्षमा आफ्नो जग्गाबाट उत्पादन भएको अन्नले ३ महिनामात्र खान पुग्ने डडुवाका ३ सय परिवार थामी बालबालिकाहरूलाई कलिलै उमेरदेखि छिमेकी गाउँ तथा विभिन्न सहरहरूमा  कामका लागि पठाइने गरेको पूर्णबहादुर थामी बताउँछन्। 

आफ्नै उमेर समूहको छिमेकीका बालबालिकाले कमाएर ल्याउन थालेपछि गाउँका अन्य अभिभावकले पनि पढ्दै गरेका छोराछोरीलाई विद्यालयबाट छुटाएर काममा पठाउने गरेको उनी बताउँछन्। रामेछापको डडुवामा करिब ३ सय र खाँडादेवीमा ५५ परिवार थामीहरूको बसोबास छ। 

डडुवाको  ३ सय परिवार थामी बस्तीको बीचमा ४ वटा प्राथमिक विद्यलायहरू छन्। लगभग साढे पाँच सयको हाराहारीमा धामीका बालबालिका अध्ययनरत छन्। प्राथमिक तहसम्मको पढाइ गाउँमै पढाउने थामी समुदायले उक्त तह पार गरेपछि छोरीको विवाह गरिदिने तथा छोरालाई काममा पठाउने गरेको स्थानीय जितबहादुर थामी बताउँछन्। डडुवाका १६ वर्षका 
अष्ट थामीले ६ कक्षा पास गरेर पढाइ छाडेको बताए। 

कामका लागि गाउँ छाडेर हिँड्नु पर्ने भएपछि आफू पढाइ छाड्न बाध्य भएको उनी बताउँछन्। थामी समुदायबाट विद्यालय गएका बालबालिकामध्ये १० प्रतिशत बालबालिका मात्र एसएलसी उत्तीर्ण नगर्ने गरेका दोरम्बा शैलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनध्वज लामाले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.