एमाले पहिलो पार्टी बन्छ : ज्ञवाली

एमाले पहिलो पार्टी बन्छ : ज्ञवाली

बुटवल : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर धकेल्ने प्रयास गरेको आरोप उनले लगाए। एमालेको दवावपछि मात्र स्थानीय निर्वाचनको मिति तय गरिएको उनको भनाइ छ। 

उनले गठबन्धन दलले निर्वाचनबाट भाग्न सबै उपाए खोजे पनि जनताको र एमालेको दवाव थेग्न नसकेर चुनाव हुने पक्का भएको बताए। एमाले प्रति जनताको आर्कषण देखेर गठबन्धन दलसँग एक्लै चुनाव लड्ने स्थीतिमा पुगेको उनले बताए। 

गुल्मी रुरु क्षेत्र–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन  दिए। नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गर्दै उनले नेता कार्यकर्तालाई निर्धक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे। उनले एमाले एक्लै चुनाव लडेर मुलुक भरका स्थानीय तहमा जित हासिल गर्ने सुनिश्चि भएको दावी गरे।

त्यसको प्रमाण एमाले बाहेका दलहरुको गठबन्धनको तयारी र प्रधानमन्त्रीसमेतले गठबन्धन दललाई नचिड्याउन दिएको निर्देशनले कांग्रेस समेत एमालेसँग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताए। उनले एमालेका सरकारले गरेका कामले एमालेबाहेका दललाई जनता भोट माग्न जाने आँट नहुने पनि बताए। उनले अहिलेको सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको आरोप लगाए।

उपमहासचिव ज्ञवालीले अहिलेको सरकारकै कारण मुलुकको आर्थिक अवस्था टाट पल्टिने अवस्थामा गइरहेको प्रति चिन्ता व्यक्त गरे। गठबन्धन सकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्नुका साथै मुद्रा स्थीति दर चिन्ताजन अवस्थामा गएकोमा दुःख व्यक्त गर्दै बढ्दो महङ्गी र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र गठबन्धन दलहरु गम्भीर नभएको उनको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.