उच्च रक्तस्रावले गर्भवतीको मृत्यु
जाजरकोट : जाजरकोटको शिवालय गाउँपालिकामा एक गर्भवतीको मृत्यु छ । सुत्केरी व्यथा लागेकी शिवालय गाउँपालिका - ४ की २५ वर्षीया विर्मा रावतको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए ।
व्यथा लागेर थला परेकी उनको रक्तस्राव भएपछि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो । तर, स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा लैजाने क्रममा बाटोमै सोमबार बिहान मृत्यु भएको अध्यक्ष शाहीले बताए ।
नजिकै सुरक्षित प्रसूति सेवा नपाउँदा उनले ज्यान गुमाउनु परेको स्थानीयले बताए।