जन्ती बोकेको टिपर दुर्घटनामा घाइते दुईजनाको मृत्यु, ७ को अवस्था गम्भीर

जन्ती बोकेको टिपर दुर्घटनामा घाइते दुईजनाको मृत्यु, ७ को अवस्था गम्भीर

उदयपुर : जन्ती बोकेको टिपर दुर्घटनाबाट घाइते भएका उदयपुरका दुईजनाको उपचारको क्रममा ज्यान गएको छ । आइतबार बेलुका सिन्धुलीको बाणे गाउँबाट कटारीतर्फ आउँदै गरेको ना.३.ख.७४९० नम्बरको टिपर दुधौली नगरपालिका ५ ठाकुरखोला ३ नम्बर पुलमा दुर्घटना हुँदा २६ जना घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमरको प्राथामिक स्वास्थय केन्द्र सिर्थौली र २४ वर्षीय अजय दनुवारको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको ट्राफिक पोष्ट दुधौलीका इन्चार्ज प्रहरी हवल्दार हरेराम खतिवडाले जानकारी दिए । 

घाइतेमध्ये अन्य ७ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । बाँकी सामान्य उपचारपछि घर फर्किन थालेको खतिवडाले जानकारी दिए । घाइतेमध्ये दुईजना सिन्धुलीका र बाँकी सबै उदयपुरको कटारी क्षेत्रका हुन् ।

खतिवडाका अनुसार बेहुला र बेहुली भने अर्कै गाडीमा रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.