निःशुल्क पशु स्वास्थ्य शिविर
![निःशुल्क पशु स्वास्थ्य शिविर](https://annapurnapost.prixacdn.net/media/albums/pasuupachar_20220315083402_DISWQbV8GC.jpg)
गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिका-९ स्थित वसाहा वर्डा गौसेवा आश्रम कर्तनियामा पशु स्वास्थ्य शिविरमार्फत पशुहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ। कैलालीको टिकापुरमा अवस्थित टिकापुर बहुप्राविधिक शिक्षालयका पशु विभागको टोलीले आश्रममा रहेका पशुहरुसँगै स्थानीयले पालन गरेका पशुहरुको उपचार गरेको हो।
शिविरमार्फत ५ सय १८ वटा गाई, भैसी, बाख्रा र ४ हजार गोटा कुखुरा गरी ४ हजार ५१८ पशुपंक्षीको उपचार गरिएको पशु विभागिय प्रमुख नन्दलाल खत्रीले बताए। आईएसस्सी भेटेनरी(पशु विज्ञान) संकाय तेश्रो वर्षमा अध्ययनरत ३३ जना विद्यार्थीको सहभागीतामा उपचार गरेका हौं। उनले भने आश्रमका पशुसँगै शिविरमा ल्याउन नसकेका पशुपंक्षीहरु घरघरमै पुगेर उपचार गरेका छौं। शिविरमार्फत स्थानीयहरु लाभान्वित हुनु भएको छ।
पोलिक्लिनले वार्षिक कार्यक्रम अन्र्तगत बर्दियामा पशु स्वास्थ्य शिविर आयोजना गरेको हो। हामीले वर्षेनी निःशुल्क पशु स्वास्थ्य चेकजाँच गर्दै आएका छौं। प्रशिक्षकका्रुपमा डा. उद्धव पौडेल, डा. प्रमोद उपाध्याय, डा. सुदिप चौधरी र सहप्रशिक्षक राजकुमार खड्का तथा ओम भगत चौधरीले उपचारमा सहजीकरण गरेका हुन्। बृहत निःशुल्क शिविरमा पशुहरुको जुका, टीटी, गर्भ परिक्षण, प्लाष्टर, सिंग काट्ने लगायत भिटामिनका कमी भएका पशुहरुलाई भिटामिन दिएर उपचार गरिएको छ।
घरमा पालेका बाख्रा, गाई, भैसी, कुकुर, हाँस, कुखुराको उपचारबाट स्थानीयले लाभ लिएको प्रमुख खत्रीको भनाई छ। अशक्त पशुहरुको घरमै पुगेर उपचार गर्न पाउँदा खुशी लागेको छ। पालिकासँग समन्वय गरी शिविर आयोजना गरेका हौं। पशु स्वास्थ्य शिविरको आवस्यकता भएका ठाउँमा खबर गरे शिविर आयोजना गर्न हामी जुनसुकै बेला तयार छौं। बारबर्दिया नगरपालिकामा शिविर आयोजना गर्न पाउँदा खुशी लागेको छ उनले भने। हजारौं पशुपंक्षीको उपचारगर्दै ४ दिने शिविर सकिएको छ।
बर्दियामा पछिल्लो समय पशुहरुमा विभिन्न रोग देखा परेको छ। जिल्लामा पशुहरुमा खोरेतको समस्या देखिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय पशु शाखाका अधिकृत अनिल शर्माले बताए। उनले भने हामीले खोरेत विरुद्धको अभियान संचालन गरेका छौं। विशेष गरी बाख्राहरुमा खोरेत रोगले ठूलो समस्या निम्ताएकाले खोरेत बिरुद्धको भ्याक्सिन लगाउने अभियान बर्दियामा जारी छ। घरपालुवा पशुहरुको स्वास्थ्यमा किसानहरु समयमै सजग हुनुपर्ने शर्माको भनाई छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)