नाबालिका भाञ्जीलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ
गोरखा : भाञ्जी नाता पर्ने १३ वर्षिया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। शहीदलखन गाउँपालिका-८ ढोडेनी चिसापानीका २९ वर्षका युवकलाई मंगलबार पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।
ती पुरुषले गत फागुन १९ गते बालिकालाई करणी गरेको भन्दै बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएपछि अभियुक्तलाई पक्राउ गरी मुद्दा दर्ता भएको हो। प्रहरीले उनीविरुद्ध बुधवार गोरखा जिल्ला अदालतमा मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस !