ओलीको क्रान्तिकारी धार भुत्ते भइसक्यो : माधव नेपाल

ओलीको क्रान्तिकारी धार भुत्ते भइसक्यो : माधव नेपाल

गोरखाः नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको दरबारसँग र विदेशीसँगको संगतले क्रान्तिकारी धार भुत्ते हुँदै गएको आरोप लगाएका छन्। शनिबार गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई रावणको संज्ञासमेत दिए।

नेकपा एमाले आफूले जन्माएको दाबी गर्दै नेता नेपालले ओलीले अहिले भत्काउने काम गरिरहेको आरोप लगाए। ‘सन्तति रावण भइदियो भनेर त्यसको दोष बाबु-आमालाई दिनु भएन। आफैँले जन्माएको सन्तान रावण भैदियो,’ उनले भने।

गाली गलौजबाहेक ओलीले केही नगर्ने बताउँदै उनले एउटा नेताको मुखबाट निस्कन नहुने शब्द ओलीको मुखबाट पटक-पटक निस्कने बताए। ‘एमाले अब एमाले रहेन, बी माले, सी माले भयो,’ उनले भने, ‘पटक-पटक भनेको छु, सूर्यमा ग्रहण लागिसक्यो। काम नगर्ने, गफमात्रै गर्ने, हुल्लडबाजी गर्नेहरुको झुण्ड त्यहाँ छन्।’ एमाले भत्काउने काममात्र जानेको विध्वंसकारी पार्टी भयो।

अबको चुनावलाई उनले अग्नि परीक्षा भने। नयाँ जन्मिएको पार्टीलाई अबको चुनावमा जिताएर अग्निी परीक्षा उत्तीर्ण गराउन आग्रह गरे। नेकपा एसले बागमती प्रदेशमा राष्ट्रिय सभामा एमालेलाई पराजित गरेर जीतको सुरुवात गरिसकेको उनले बताए।

प्रशिक्षणमा पटक-पटक केपी ओलीप्रति खनिएका उनले नेकपाको एकता ओलीका कारण भंग भएको आरोप लगाए। ‘ओलीले प्रचण्डको काँधमा टेकेर आफुलाई अग्लो देखाउन खोजे,’ उनले भने, ‘ओली तैपनि सुध्रिन्छन् कि भनेर धेरै समय पर्खिएको तर नसुध्रिएकाले सहयात्रा बीच बाटोमै टुंग्याउनु पर्‍यो।’

कार्यकर्तालाई उनले गाउँगाउँमा चुनाव प्रचारमा लाग्न र संगठन निर्माणमा केन्द्रीत हुन सुझाव दिए। एकीकृत समाजवादीमा एमाले छाडेर आउनेको संख्या दिनदिनै बढेको दावी गर्दै उनले देशभर यो लहर चलिरहेको बताए।

शुक्रबार गोरखाको बारपाक, लाप्राक पुगेर कार्यकर्ता भेटघाट गरेका नेता नेपाल शनिबार कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर फर्केका हुन्। नेकपा एसका अध्यक्ष यादव बस्नेतको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा गोरखाको विभिन्न पालिकाबाट दुईसय भन्दा बढी कार्यकर्ता सदरमुकामा उपस्थित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.