हिमपहिरो पीडित थासाङकी पशुपालकले पाइनन् राहत

हिमपहिरो पीडित थासाङकी पशुपालकले पाइनन् राहत

जोमसोम : मुस्ताङको पूख्यौली र परम्परागत पशुपालन व्यवसाय हो, याकचौरी पाल्ने । उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो क्षेत्रको थासाङ गाउँपालिकामा स्थानीयले याकचौरी पालन गर्छन् ।तर,स्थानीयको जिविकोपार्जनको महत्वपूर्ण माध्यम बनेको याकचौरी पालन पछिल्लो समयमा संकटमा पर्दै गइरहेको छ ।

जलवायु परिवर्तन तथा अन्य विविध कारणले हुने प्राकृतिक विपद् र अन्नपूर्ण संरक्षण क्षेत्रका सरक्षित वन्यजन्तुको आक्रमणका कारण मुस्ताङका पशुपालक किसानले बर्सेनि लाखौं रुपैयाँको क्षति व्यवहोर्न पर्ने अवस्था छ ।प्राकृतिक प्रकोपका कारण बर्सेनि हिमपहिरो जाने,भारी हिमपात हुने र सरक्षित वन्यजन्तु गोठमै आएर याकचौरी र भेडा—च्यांग्रा खाइदिने गर्दा वर्षौदेखिको मुस्ताङको पूख्र्यौली परम्परागत याक—चौरी व्यवसाय संकटमा पर्न थालेको हो ।

हिमाली जिल्लाको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण योगदान गर्नसक्ने जैविक विविधता मध्येको याकचौरी पालन व्यवसाय , यसको सरक्षण र सम्वद्धनमा सरोकारवालाले खासै चाँसो दिएको पाइदैन । मुस्ताङका पशुपालक किसानले याकचौरीको स—साना पाठापाठी पाल्ने, प्रजनन् क्षमता विस्तार गरी वयस्क बनाएर मासुका लागि बिक्री गर्ने,चौरीको दूधबाट दहि,ध्यु र छुर्पी आदी परिकार बनाउने र वर्षको एकपटक याकचौरीको आलो रगत बिक्री गरेर आम्दानी लिने गर्छन् ।

यहाँका किसानले याकचोरी वयस्क बनाएर एक लाखदेखि १ लाख २० हजार मुल्यमा बिक्री गर्ने गर्छन् । समुन्द्री सतहदेखि ३ हजार मिटर अग्लो उचाईमा गोठै खडा गरेर याक चौरी पालन गर्ने गरिन्छ भने हिउँदयाको जाडो महिनामा बस्ती नजिक स्थान्तरण गर्ने गरिन्छ । 

उच्च लेंकमा याकचौरी पालन गर्ने र त्यहाँ याकचौरीले यार्सा गुम्बा,पाँचऔले,निरमसी र जटामसीलगायतका हिमाली जटीबुटी सेवन गर्ने भएकाले चौरीको आलो रगत मानव स्वास्थ्यका लागि फाइदा हुन्छ । हिमाली चिसो भू-गोलमा हुर्काइएका याकचौरीको मासु  स्वादिलो र पोषिलो हुने गर्छ ।

पछिल्लो समय वन्यजन्तु र मानवबीचको द्धन्द बढ्दै गईरहेको र प्रकृतिमा आएको फेरबदलले  पशुपालन व्यवसायनै लोप हुने खतरा समेत उत्तिकै बढेको छ ।मुस्ताङको थासाङक्षेत्र हिमपहिरो ग्रस्त क्षेत्रमा परिभाषित भइसकेको छ । चालु वर्ष कार्तिकको तेस्रो साता मुस्ताङको धौलागिरि क्षेत्रमा पर्ने मानापाथी हिमालमा हिमपहिरो गयो। त्यस समय कुनै मानवीय र धनजनको क्षति नभएपनि केही स्कुले विद्यार्थी घाइते भए । स्थानीय हिमपहिरो जाँदा त्रासमा रहे,भागाभागसम्म भयो । तर, त्यो हिमपहिरोका जोखिम ओभाउन नपाउँदै फेरि उक्त क्षेत्रको पानी पाथी हिमालमा हिमपहिरो गयो ।

हिमपहिरोमा पुरिएर थासाङ—२ नाउरिकोटकी दिदी शुसिला गौचन र उनका भाइ नरप्रसाद गौचनको १५ वटा चौरी मरे भने ९ वटा चौरी बेपत्ता भए । कुल ३९ वटा याकचौरी रहेको गोठमा १५ वटा मात्र जिवित भेटिए ।सामान्य परिवारका उनीहरुले जिविकोपार्जनका लागि याकचौरी पालन पेशा धानेका थिए । 

याकचौरीमध्ये आधाभन्दा बढी हिमपहिरोले पुरिएर नोक्सान व्यहोर्न परेपछि पशुपालन व्यवसायमा निरास बनेकी छन् । उनले भएका याकचौरीमा अरु थप्न नसक्ने अवस्थामा छन् । याकचौरी पालन खर्चिलो हुने भएकाले अब के गर्ने भन्नेमा दुविधामा परेकी छन् ।

उनको घर नजिकै सिंहदरबार छ ।किसानलाई परेको मर्कामा सिंहदरबारले सहयोग गर्ला भन्ने उनको मनमा थियो । उनी राहत पाउ भनी निवेदन लिएर स्थानीय तहमा धाइन् । तर,स्थानीय तहले पैसा छैन ,कसरी दिने भनी उम्किन खोज्यो । हरेक स्थानीय तहमा विपद व्यवस्थापन कोष हुन्छ । जुसुकैलाई विपद पर्दा उक्त कोषको पैसा खर्च गर्न पाईने प्रावधान छ । तर,पालिकाले राहत दिन नसकेको पीडित पशुपालक किसान शुसिला गौचन बताउँछिन् ।

उनका दिदी भाइले आफूसँग भएका ३९ याकचौरीमध्ये आधाजसोको बिमा गरेकी थिइन ,तर बिमा गरिएको याकचौरीको समेत क्षतिपूर्ती पाउन नसकेको पीडित सुशिला सुनाउँछिन् । भएका दर्जनौं याकचौरी हिमपहिरोले पुरिएर मरेपछि उनी राहतका लागि जिल्लाको पशु भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पुगिन् ।

त्यहाँ उनलाई आशिंक सहयोग गर्ने कार्यालयले आश्वासन दियो । तर,उनले एक महिना बितिसक्दा समेत त्यहाँबाट सहयोग पाउन सकेकी छैनन् ।यस्तै,जिल्ला प्रशासन कार्यालयमा पनि विपद् व्यवस्थापन कोष हुन्छ ,तर,उनी त्यहाँ पुगेकी छैनन् र सरोकारवालाले समेत उनलाई त्यहाँ सहयोग जानु भनी सुझाएको छैन ।पीडित शुसिला निरास हुँदै भन्छिन्, ' कतैबाट हामी पशुपालक किसानलाई सहयोग र राहत नमिल्ने भएपछि  जोखिम मोलेर यो पेशा गर्नुको केनै अर्थ छ र।'

 उनले मुलुकमा तीन तहको सरकार भएपनि कृषि र पशुपालन गर्ने किसानको पीडामा मलम लगाउन नसकेको दुःखेसो सुनाइन् । तीन वर्षअघि उपल्लो मुस्ताङको लोमान्थाङमा बाक्लो हिमपात पर्‍यो । हिमपातले त्यहाँ ठूलो संख्यामा याकचौरी मरेपछि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको थियो ।

 त्यससमय गण्डकी प्रदेशका तत्कालिन भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर थापामगर उपल्लो मुस्ताङ पुगेर आर्थिक राहत वितरण गरेका थिए । तर,यसपटक आफ्नै पालिकाको पशुपालकलाई परेको मर्कामा सहयोग गर्न नसकेको पीडित सुशिलाले बताइन् ।

यस्तै,अन्नपूर्ण संरक्षणक्षेत्र एक्यापको एरियामा वन्यजन्तुले पशुचौपाया खाइदिने भएकाले एक्यापले दिने क्षतिपूर्ती समेत पर्याप्त नभएको स्थानीयबासीको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.