मुस्ताङमा २ सय ३२ जना म्यादी प्रहरीका लागि भर्ना खुल्यो

मुस्ताङमा २ सय ३२ जना म्यादी प्रहरीका लागि भर्ना खुल्यो

जोमसोम : आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि म्यादी प्रहरी भर्ना अभियान सुरु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले २ सय ३२ जना म्यादी प्रहरी पदपूर्ती गर्न भर्ना अभियान सञ्चालन गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारी अनुसार म्यादी प्रहरी भर्ना अभियान लगातार ६ दिनसम्म सञ्चालन हुनेछ ।यसका लागि प्रजिअ नेत्रप्रसाद शर्माको संयोजकत्वमा म्यादी प्रहरी छनौट समिति गठन भइसकेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

समितिले आवेदन दिएका मध्येबाट तोकिएको संख्यामा म्यादी प्रहरी जवान छनौट गरिने उनले बताए ।म्यादी प्रहरीका लागि आवेदन दिएर छनौट भएकालाई मेडिकल परीक्षण,सामान्य व्यायाम  र दौड आदीको ट्रेनिङ दिइने प्रहरी निरीक्षक अधिकारीले उल्लेख गरे । म्यादीका लागि १८ वर्ष उमेर समूहदेखि ५४ वर्ष ननाघेका नेपाली नागरिकलाई आवेदन खुल्ला भएको उनले बताए ।

म्यादी प्रहरी भर्ना अभियान मापदण्ड अनुसार  अवकाश प्राप्त पूर्वनेपाली सेना,शसस्त्र प्रहरी ,प्रहरीलाई म्यादी प्रहरीका लागि उच्च प्राथमिकता राखिएको छ । यस्तै,  अवकाश प्राप्त वन रक्षक र यस अघि नेपाली सेना,सशस्त्र प्रहरी र प्रहरीमा भर्ना हुन आवेदन दिई शारिरीक परीक्षणमा सहभागी भई अयोग्य ठहरिएका ब्यक्तिलाई समेत दोश्रो प्राथमिकता राखेर म्यादी प्रहरी छनौट गर्ने प्रावधान तोकिएको छ ।

जिल्ला म्यादी प्रहरी छनौट समितिले छनौट गरेका म्यादी प्रहरीका लागि ४० दिनको कार्यभार दिईने छ ।उनीहरुले निर्वाचनमा सुरक्षा सहयोगमा योगदान गरेवापत ३० हजार २ सय ४० रुपैया तलब, खाद्यान्न खर्चमा ७ हजार २ सय र ६ हजार अतिरिक्त खर्च उपलब्ध गराइनेछ ।

मुस्ताङका प्रहरी निरीक्षक अधिकारीले म्यादी प्रहरीका लागि स्थानीय युवा कम र अधिकांश जिल्ला बाहिरका व्यक्ति रहेको जानकारी दिए ।म्यादी प्रहरीका लागि रुकुम,रोल्पा,सल्यान ,बाग्लुङ,म्याग्दीलगायतका व्यक्तिहरु  मुस्ताङमा रोजगारका क्रममा आएको र उनीहरु म्यादीका लागि भर्ना गर्न उपस्थित भएको उल्लेख गरे ।

संघीयतासँगै २०७४ सालको निर्वाचनमा मुस्ताङमा १ सय ८५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यसको तुलनामा अहिले ४७ जना म्यादी प्रहरी बढी हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मुस्ताङका ५ स्थानीय तहमा ३७ मतदान केन्द्र रहेकोमा यसपटक एक मतदान केन्द्र थपिएर ३८ मतदान केन्द्र पुर्‍याइको छ। 

 यस्तै, मुस्ताङका ५ स्थानीय तहमा कुल ९ हजार ४ सय २७ मतदाता रहेकोमा सो संख्या बढेर १० हजार ४ सय १४ जना मतदाता संख्या पुगेको छ । मुस्ताङको सबै भन्दा बढी मतदाता थासाङ गाउँपालिकामा छ भने सबैभन्दा कम मतदाता लोघेकर दामोदरकुण्ड गापामा छन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.