सुनसरीवासीलाई निजी हतियार बुझाउन प्रशासनको निर्देशन

सुनसरीवासीलाई निजी हतियार बुझाउन प्रशासनको निर्देशन

धरान : वैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुनसरीवासीलाई स्थानीय प्रशासनले निजी हतियार तत्काल बुझाउन निर्देशन गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक सुचनामार्फत जिल्लावासीले अनुमति लिएर राखेका हतियार पन्ध्र दिनभित्र बुझाउन आग्रह गरेको छ।

सुनसरीका विभिन्न व्यक्तिले अनुमति लिएर घरमा राखेका हतियारले स्थानीय निर्वाचनमा शंका उत्पन्न गराउने र हतियारको दुरुपयोग हुन सक्ने भन्दै शान्ति सुरक्षा मजबुत बनाउनका लागि हतियार बुझाउन निर्देशन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले बताएका छन्। उनले जिल्लाका विभिन्न स्थानीय निकायमा सर्वसाधारणले दर्ता गरेर राखेका निजी हतियार नजिकैको प्रहरी कार्यालयमा राख्न निर्देशन गरिएको बताए। 

सुनसरीमा ४ सय ८८ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा अनुमति लिएर हतियार घरमा राखेका छन्। जिल्ला प्रशासनमा दर्ता गरी राखेका सबै हतियार र गोली बुझाउन निर्देशन गरिएको र अटेर गरे हतियार जफत गरिने प्रजिअ यादवले चेतावनी दिएका छन्। उनले निर्वाचन सकिएको महिनादिनभित्र हतियार र गोली सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बताए। 

निर्वाचनमा अनुमति लिएर राखिएका हतियार पनि सुरक्षामा चुनौति हुने भन्दै उच्च सर्तकता अपनाएर हतियार संकलन गर्न लागिएको प्रजिअ यादवको भनाणइ छ। उनले प्रहरी मार्फत अनुमति लिएर हतियार राखेका व्यक्तिहरुलाई सुचना पुर्याइ सकिएको पनि जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.