मुस्ताङमा म्यादी प्रहरी भर्नामा आवेदन न्यून

मुस्ताङमा म्यादी प्रहरी भर्नामा आवेदन न्यून

जोमसोम : देशभर म्यादी प्रहरीमा भर्ना हुनेको लर्को लागेपनि मुस्ताङमा भने खासै चहलपहल छैन। यहाँ २ सय ३२ जना म्यादी प्रहरी भर्ना कोटा रहेपनि बुधबारसम्म जम्मा १ सय ३८ जनाले मात्र आवेदन पेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी अनुसार आवेदन दिएका १ सय ३८ जना मध्ये २६ जना महिला रहेका छन् । तोकिएको समय अवधिमा कोटा अनुसार आवेदन नआएमा प्रदेश प्रहरीलाई जानकारी गराई त्यहाँबाट पदपूर्ती गरिने जिल्ला प्रहरी कार्यालय जनाएको छ । 

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा स्थानीयको कम सहभागी भएकाले आवश्यक संख्या नपुग्ने अनुमान गरिएको छ । भौगोलिक रुपले विकट जिल्ला मुस्ताङमा सुगम र दुर्गम जिल्लाको म्यादी प्रहरी सेवा सुविधा एउटै भएकाले समेत म्यादी प्रहरी भर्ना हुन कम सहभागिता देखिएको हो ।

निर्वाचनमा सुरक्षा सहयोगमा योगदान गरेवापत म्यादी प्रहरीलाई ४० दिने कार्यभारका लागि ३० हजार २ सय ४० रुपैया तलब, खाद्यान्न खर्चमा ७ हजार २ सय र ६ हजार अतिरिक्त खर्च उपलब्ध गराइनेछ ।यो मुस्ताङमा खटिने म्यादी प्रहरीलाई यो सुविधा कम भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.