कांग्रेस, एमाले र माओवादीले देश बनाउँछ भन्नु गोरुले दुध दिन्छ भन्नुजस्तै हो : लिङ्देन

कांग्रेस, एमाले र माओवादीले देश बनाउँछ भन्नु गोरुले दुध दिन्छ भन्नुजस्तै हो : लिङ्देन

गोरखा : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाव जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन्।

गोरखामा आयोजित आमसभामा बोल्दै उनले ठूलो भनिएको पार्टीले ३१ वर्षसम्म शासन सत्ताको बागडोर सञ्चालन गर्दा पनि देशका लागि हित हुने काम गर्न नसकेको दाबी गरे। ‘कुनै कांग्रेस एमाले र माओेवादीका साथीहरुले हात उठाएर भन्न सक्नुहुन्छ कि अब शेरबहादुर देउवालाई कतिचोटि र कति वर्ष प्रधानमन्त्री बनायो भने यो देश बन्छ?,’ लिङ्देनले भने, ‘देउवा, ओली र प्रचण्डलाई कतिचोटि र कति वर्ष अब प्रधानमन्त्री बनाइदियो भने देश बनाउँलान्? त्यसकारण फेरि पनि उनीहरुकै पार्टीलाई भोट दिएर गल्ती गर्नु हुँदैन।’

ठूला भनिएका यी पार्टीले देश बनाउलान् भनेर प्रतिक्षा गर्नु र गोरुले दुध दिन्छ भन्नुउस्तै भएको नेता लिङ्देनले बताए। ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुँदैन।’

ठूला दलले देशलाई उद्योग धन्दा विकास गर्नुको सट्टा देशलाई बेरोजगारीको केन्द्रका रुपमा परिणत गरेको र तिनैलाई भोट दिएर देश बन्छ भनेर गल्ती गर्न नहुने उनले बताए। ‘एउटा चुनाव हेरौँ न भन्ने छुट र सुविधा अब हामीलाई छैन,’ उनले भने, ‘नेता चोरै हो भन्ने कुरा थाहा हुँदाहुदै आफ्नो पार्टी पर्‍यो हात अर्कोतिर लाग्दैन भन्दै त्यही रुख, त्यही सूर्य, त्यही हँसियाहथौडामा भोट दिइराख्ने हो भने हामी आफू त बर्बाद भयौँ, हाम्रो भाबी सन्ततिको भविष्यसमेत बर्बाद बनाउनेछौं।’

एउटा गलत मान्छेलाई भोट दिएमा पूरै देशले नै दुःख पाउने भन्दै उनले आसन्न चुनावमा पुराना गल्ती सच्याउने मौका भएको बताए। ‘एक वर्षभित्र देशमा तीनवटा निर्वाचन हुँदैछ। यो तपाईँका लागि विगतको गल्ती सच्याउने एउटा अवसर हो,’ उनले भने, ‘देशलाई यो अवस्थासम्म ल्याउनमा नेता जति दोषी छन्। तिनलाई भोट हाल्ने हात पनि त्यति नै दोषी छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.