माओवादीले ल्याएको उपलब्धि खोस्न खोजिए 'कलरफुल रिभुलेशन' गर्ने प्रचण्डको चेतावनी

माओवादीले ल्याएको उपलब्धि खोस्न खोजिए 'कलरफुल रिभुलेशन' गर्ने प्रचण्डको चेतावनी

बारपाक (गोरखा) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीका कारण आएको उपलब्धि खोस्ने प्रयास भएको बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले माओवादीकै कारण आएको उपलब्धि खोस्ने प्रयास गरिए 'कलरफुल रिभुलेशन' गर्ने चेतावानी दिए।

उनले सबै जातजाति, धर्म, सँस्कृति, भाषा-भाषीहरुलाई अधिकार दिने उपलब्धि खोसिने प्रयास गरिए माओवादी अर्को आन्दोलन लड्न तयार रहेको बताए। त्यो आन्दोलन हतियारसहितको नभइ कलरफुल रिभुलेसन हुने उनले बताए।

'सबै उत्पीडित समुदायलाई अधिकार दिलाउने माओवादी हो। यसलाई खोस्न खोजियो भने माओवादी अर्को लडाइँ लड्न तयार छ। हामीले अहिले हतियार उठाउने कुरा गरेका छैनौं। आजकल लडाइँको नयाँ तरिका छ, कलरफुल रिभुलेशन माने रंगीन क्रान्ति,' उनले भने।

उनले जनयुद्धको थालनी र पहिलो तालिम गोरखाबाटै सुरु भएकाले जनआन्दोलनको श्रय गोरखालाई जाने बताए। यसअघि २०६४ को चुनावमा गोरखाले रेकर्ड बनाएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले फेरि त्यो रेकर्ड दोहोर्‍याउन गोरखाबासीलाई आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.