स्रोत नखुलेको ५५ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको ५५ लाखसहित दुईजना पक्राउ

ढल्केवर(धनुषा) : महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको ५५ लाखसहित दुईजना पक्राउ गरेको  छ। पक्राउ पर्नेमा औरही नगरपालिका–२ बस्ने अन्दाजी २० वर्षीय धीरजकुमार यादव र सोही ठाउँका रमेशकुमार सहनी रहेको प्रहरीले जनाएको छ । जलेश्वर–रामगोपालपुर–बर्दिबास सडकखण्ड अन्तर्गत औरही नगरपालिका–१ स्थित मोटरसाइकलमा सवार रहेका यादव र सहनीको साथबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ जलेश्वर भन्सार कार्यालयमा बुझाएको छ । पक्राउ परेका यादव र सहनी उक्त पैसा कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको भनेर नखुलाएकाले थप अनुसन्धान समेत भइरहेको प्रहरी उपरीक्षक विष्टले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.