बेरोजगारीको डरलाग्दो दृष्य, मोरङमा म्यादी प्रहरीमा ३ गुणा बढीको आवेदन
विराटनगर : म्यादी प्रहरी हुनका लागि मोरङमा परेको आवेदनले मुलुकमा व्याप्त बेरोजगारी समस्याको उजागर गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना हुन मोरङमा १० हजारभन्दा बढीले आवेदन दिएका छन् । आगामी वैशाख ३० गते घोषणा गरिएको स्थानीय तह निर्वाचन सुरक्षार्थ ४० दिनका लागि सरकारले म्यादी प्रहरीको आवेदन खुला गरेको थियो ।
मोरङमा १० हजार १ सय ३४ जनाको आवेदन परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवेदन दिनेमा ७ हजार ८ सय १ जना पुरुष र २ हजार ३ सय ३३ जना महिला छन् । 
मोरङमा म्यादीको कोटा भने ३ हजार ७ सय २७ जनाको मात्रै छ । डीएसपी श्रेष्ठका अनुसार मागभन्दा ३ गुणा बढी आवेदन परेको छ । उनले आवेदन दिनेमध्ये २० देखि ३० वर्ष उमेर समूहका धेरै रहेको जानकारी दिए । निर्वाचनको मिति यकिन भएसँगै ४० दिने म्यादी प्रहरीका लागि युवाहरुको आकर्षण देखिएको श्रेष्ठको भनाइ छ ।
बेरोजगारी र अभावमा थलिएका युवाको आकर्षण म्यादीमा बढ्नुले मुलुकको वर्तमान अवस्थालाई उजागर गरेको नागरिक अगुवा रामबाबु दाहालले बताए ।
म्यादीमा मुलुकभरिबाट मागभन्दा अत्यधिक धेरै आवेदन परेको छ । आवेदकमध्येबाट म्यादी छनोट तथा नियुक्तिका लागि प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिले चैत्र १५ देखि २२ गतेसम्म म्यादी प्रहरी भर्नाका लागि विभिन्न तहका परीक्षाको समय तोकेको छ । अन्तिम नतिजा प्रकाशन भएपछि चैत २८ गतेबाट म्यादीलाई १० दिने तालिम एवं प्रशिक्षण दिइने छ ।
तालिमपछि उनीहरुलाई कार्यक्षेत्रमा खटाइने छ । डीएसपी श्रेष्ठका अनुसार अवेदन दिएर छनोटमा परेकामध्ये २० प्रतिशतलाई वैकल्पिकमा राख्ने तयारी छ । म्यादीमा भर्ना हुनेले नेपाल प्रहरीको जवान सरह मासिक तलब प्रतिव्यक्ति २२ हजार ६ सय ८०, रासनवापत ७ हजार २ सय र पोसाक तथा अन्य सामानका लागि ६ हजार रुपैयाँका दरले रकम पाउने छन् । त्यसबाहेक खटाएको ठाउँमा जान र आउनका लागि एक पटकमा प्रतिव्यक्ति १ हजारका दरले तयारी खर्च पाउने छन् ।
बेरोजगारी र अभावमा थलिएका युवाको आकर्षण म्यादीमा बढ्नुले मुलुकको वर्तमान अवस्थालाई उजागर गरेको नागरिक अगुवा रामबाबु दाहालले बताए । बेरोजगार युवाहरुले निर्वाचत केन्द्रित म्यादी प्रहरीलाई सामान्य रोजगारीको एउटा अवसरका रुपमा लिने गरेको उनको भनाइ छ । 'मुलुकको वर्तमान अवस्थाको झल्को दिने गरी म्यादी बन्न युवाको लाम लागेको छ,’ दाहाल भन्छन्, ‘म्यादी बन्नुपर्ने युवाहरुको बाध्यताले मुलुकमा बढ्दो बेरोजगारीको डरलाग्दो दृष्य देखाएको छ ।'
। 'मुलुकको वर्तमान अवस्थाको झल्को दिने गरी म्यादी बन्न युवाको लाम लागेको छ,’ दाहाल भन्छन्, ‘म्यादी बन्नुपर्ने युवाहरुको बाध्यताले मुलुकमा बढ्दो बेरोजगारीको डरलाग्दो दृष्य देखाएको छ ।'
नेपाल प्रहरीमा भर्ना हुने रहरलाई म्यादी भर्ना एउटा अवसरका रुपमा लिएको मोरङको बेलबारीका विशाल थापाले बताए । उनले रहर भए पनि विभिन्न समस्या र उमेर हदका कारण नेपाल प्रहरीमा भर्ना हुन नसकेकोे बताए । पारिवारिक आर्थिक समस्याले उच्च शिक्षा अध्ययन गर्न नसक्दा रोजगारी नपाएपछि केही दिनका लागि भए पनि म्यादी बनौँ भनेर आएको थापाको भनाइ छ ।
विराटनगरकी गीता खड्काकी ३ वर्षकी छोरी छन् । पति वैदेशिक रोजगारीमा छन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनले भने म्यादी प्रहरी हुनका लागि आवेदन दिएकी छन् । 'म्यादी बन्न सकेमा घर खर्च चलाउने केही खर्च आउने थियो,' उनले भनिन्, 'रोजगारीको कुनै विकल्प नभेटेपछि थोरै समयका लागि भए पनि म्यादी बन्न आएकी हुँ ।’ खड्काले म्यादी बन्न पाएमा निर्वाचन सुरक्षाका लागि प्राप्त जिम्मेवारी पूरा गर्न सक्ने पनि बताइन् । '
प्रतिक्रिया दिनुहोस !