मन्थली नगरपालिकामा चिस्यान केन्द्र अलपत्र

मन्थली नगरपालिकामा चिस्यान केन्द्र अलपत्र

रामेछाप : मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधीन तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ। बागमती सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड १० लाख साझेदारीमा चिस्यान केन्द्र बनाउन थालिएको थियो। 

सम्झौता अवधि सकिँदासमेत निर्माण पूरा किसान निराश बनेका छन्।

चिस्यान केन्द्र बन्न थालेपछि किसानले उत्साहित हुँदै उत्पादन दोब्बर बनाएका थिए। तर, अहिले तरकारी कुहिन थालेको कृषक मीनबहादुर खड्काले बताए। ‘तीन रोपनीमा आलु रोपेको थिएँ। आधा जति त कुहिनै सक्यो,’ उनले भने, ‘चिस्यान केन्द्र भएको भए यस्तो घाटा व्यहोर्नु पर्ने थिएन।’ 

निर्माणको जिम्मा पाएको इजी इन्फा प्रालिले इस्टिमेट र सम्झौताविपरीत बार्गेनिङ गरेर ढिलो गरेको मन्थलीका मेयर रमेशकुमार बस्नेतले बताए। ‘ठेकेदारले विभिन्न बहाना गरेर ढिलो गरिरहेका छन्, हामीले ताकेता गरिरहेका छौं,’ बस्नेत भन्छन्, ‘कारबाही गरेर भए पनि सम्पन्न गराउँछौं।’

चिस्यान केन्द्र बनाएर किसानका उत्पादन भण्डारण गराउन हामी सफल हुनेमा विश्वस्त छौं। ‘गर्मी मौसममा किसानले उत्पादन गरेर तरकारी तथा फलफूल बिग्रिने समस्या छ,’ मेयर बस्नेत थप्छन्, ‘यसमा नगरको गम्भीर ध्यानाकर्षण भएको छ।’ चिस्यान केन्द्र बनाइसक्नुपर्ने म्याद असार मसान्तमै सकिएको छ। तर, म्याद सकिएको १० महिना बित्न लाग्दा पनि निर्माण सकिएको छैन।

पसल–पसलमा गएर अनुरोध गर्दा पनि व्यापारीले तरकारी लिन नमानेको कृषक सबिता श्रेष्ठको गुनासो छ। ‘आफ्नो खेतीयोग्य जमिन कम छ। भाडामा जग्गा लिएर तरकारी उत्पादन गरिरहेकी छु,’ उनले भनिन्, ‘बजारमा बिक्री हुँदैन। भण्डारण गर्ने ठाउँ पनि छैन। चिस्यान केन्द्र बनेको भए तरकारी त्यहाँ राखेर अफसिजनमा बेच्न सकिन्थ्यो।’ चिस्यान केन्द्र अलपत्र परेको देख्दा आशा मर्दै गएको उनले सुनाइन्। 

स्थानीय उत्पादन अर्गानिक हुने र बाहिरबाट ल्याएको भन्दा महँगो हुने हुनाले बजारमा सजिलै बेच्ने अवस्था नभएकाले भण्डारण गर्नै पर्ने कृषकको भनाइ छ। मन्थलीमा अत्यधिक गर्मी हुन्छ। सोही कारण तरकारी तथा फलफूल चाँडै कुहिने र बिग्रिने समस्या छ। त्यसलाई भण्डारण गर्न सके महँगोमा बेच्न सकिने युवा उद्यमी कुमार घिमिरेको भनाइ छ।

‘बन्दाकोभीलगायत तरकारी कौडीको भाउमा पनि बिक्न छाड्यो। अब तरकारी कुहाएर फाल्नुको कुनै विकल्प छैन,’ कुमार भन्छन्, ‘चिस्यान केन्द्रको निर्माण समयमै गरेको भए स्थानीय उत्पादन भण्डारण गरेर अभावको बेला बेच्न सकिन्थ्यो।’ अहिले बीउको पैसा पनि नउठ्ने उनको दुःखेसो छ। तराईलगायतका स्थानबाट सस्तोमा तरकारी ल्याएर बेच्ने गरेकाले आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको अर्का किसान बाबुकाजी श्रेष्ठ बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.